Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

खेन्पो पेम छिरी शेर्पाको 'लामा खेन्नो' सार्वजनकि ( भिडियो )

खेन्पो पेम छिरी शेर्पाको 'लामा खेन्नो' सार्वजनकि ( भिडियो )

नेपाल सम्वत् ११४५, कछलाथ्वः १३ (२९ कार्तिक, २०२४, १४ नोभेम्वर, २०२४) बिहीवार, बाँपीझ्याला । बौद्ध धर्मगुरु खेन्पो पेम छिरी शेर्पाको नयाँ भक्ति गीत "लामा खेन्नो" हालै सार्वजनिक भएको छ। यो गीत धर्मगुरुले आफ्नै युट्युब च्यानल ‘खेन्पो पेम छिरी शेर्पा’ मार्फत रिलिज गरेका हुन्। नेपाली संगीत क्षेत्रमा प्रतिष्ठित संगीतकार न्ह्यू बज्राचार्यले संगीतबद्ध गरेको यस गीतमा गोपाल प्याकुरेलको शब्द रहेको छ। गीतले बौद्धमार्गी आस्था, गुरु-शिष्यको निष्ठा र गुरुको महत्वलाई विशेष आदरका साथ चित्रण गरेको छ।

गीतमा ‘लामा’ भनेको गुरु वा शिक्षकलाई जनाउँछ भने ‘खेन्नो’ले "गुरु, मलाई बचाउनुहोस्" भन्ने अर्थ व्यक्त गर्दछ। यस गीतमा शिष्यले गुरुको शरणमा पुग्दै, मार्गदर्शन र संरक्षणको याचना गरेका छन्। गुरुको महिमा, शिक्षाको महत्व र गुरुको शरणमा बाँच्नुपर्ने सन्देश गीतमा समेटिएको छ। आध्यात्मिक जीवनमा गुरुको अपरिहार्य भूमिका र साँचो शान्ति र मोक्ष प्राप्त गर्न गुरु शिक्षाको आवश्यकता रहेको भाव यसमा अभिव्यक्त गरिएको छ।

गोपाल रसाइलीले यस गीतमा नेपाली र तिब्बती सांगीतिक धुनहरुको सुन्दर संयोजन गरेका छन्। गीतले सुगम संगीत र भक्ति भावको उत्कृष्ट मिश्रण प्रदान गरेको छ, जसले सबै उमेर समूहका श्रोता र दर्शकलाई आकर्षित गर्न सक्छ। मिलन शंकरले छायाँकन गरेको यस भिडियोलाई बिभोर पोखरेलको सम्पादन र निर्देशनमा तयार पारिएको हो। यसअघि खेन्पो पेम छिरी शेर्पाले 'मन' बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन्।

खेन्पो पेम छिरी शेर्पा नेपालको गौरीशंकर गाउँपालिका-७, मार्बु, दोलखामा जन्मिएका हुन्। १० वर्षको उमेरमा उनी दक्षिण भारतको कर्नाटक राज्यमा बौद्ध धर्मको अध्ययन गर्न गए र त्यहाँ १८ वर्षसम्म अध्ययन गरी बौद्ध दर्शनमा विद्यावारिधी गरे। सन् २०१२ देखि उनले नेपाल र अन्य विभिन्न देशमा बौद्ध धर्मको सेवा र शिक्षा प्रदान गर्दै आइरहेका छन्।

"लामा खेन्नो" गीतले केवल भक्ति भाव मात्र होइन, जीवनमा गुरुलाई आदर्श मान्न प्रेरणा दिन्छ। गुरु-शिष्यको सम्बन्ध, समर्पण र गुरुको आशीर्वादले जीवनलाई उन्नतिको बाटोमा लैजान्छ भन्ने सन्देश यस गीतको मूल उद्देश्य हो।

https://youtu.be/hIC-2bC5HTc

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार