

नेपाल सम्वत् ११४५, कछलाथ्वः ५, (२१ कार्तिक २०८१) ६ नोभेम्वर, २०२४, बुधबार, बाँपीझ्याला । फाइट फर लाइफ नेपाल र नेप्लिज फेसन होमको सहयोगमा भीमेश्वर नगरपालीका वडा नं. १ क्षमावती स्थित महादेवस्थान आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोशाक हस्तान्तर गरिएको छ ।
समाजसेवी शोभित उप्रेतीको प्रमुख आतिथ्यतामा नेप्लीज फेसन होमको कार्यालय डिल्लीबजारमा सम्पन्न उक्त कार्यक्रममा महादेवस्थान आधारभुत विद्यालयका ४५ जना विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री तथा स्कुल पोशाक भीमेश्वर नगरपालीकाका शाखा प्रमुख विक्रम कार्कीलाई हस्तान्तरण गरिएको छ भनी नेप्लीज फेसन होमका अध्यक्ष हेमा मानन्धरले बताउनु भयो ।
यसै गरी हस्तान्तरण कार्यक्रममा समाजसेवी अनु शेरचन, लाईन्स क्लव अफ शेषमतीका अध्यक्ष दिलकुमार महर्जन (अजय), मिस नेवाः ११४१ की कृषा महर्जन, ११४३ की सकिना महर्जन र लिटिल मिस नेवाः नैना शाक्यको उपस्थिती रहेको समेत अध्यक्ष श्रेष्ठ बताउनु भयो ।


केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij