

नेपाल सम्वत् ११४४, कौलागाः ११ (१२ कार्तिक, २०८१), २८ अक्टोबर, २०२४, सोमबार, बाँपीझ्याला दोलखा । दोलखा शैलुङमा आज १२ गतेदेखि ३ दिन आँखा शिविर संचालन भएको छ । काठमाडौं गौरीशंकर लायन्स क्लव अफ काठमाडौं, टेम्पल भ्याली क्योकुशिन कराँते, लाइन्स क्लव अफ काठमाडौं शेषमतिको संयुक्त आयोजना र माट्रिका आइ सेन्टरको प्राविधिक सहयोग र फाइट फर लाइफ नेपालको संयोजनमा यस आँखा शिविर संचालन गरिएको हो भनी युवा समाजसेवी हेमा मानन्धरले बताउनु भयो ।

यसरी आज देखि तीन दिनसम्म हुने निःशुल्क मोतिबिन्दु शल्यक्रिया आँखा शिविरमा सहभागी भई आफ्नो आँखा जचाँउनु हुन समेत आग्रह गरिएको छ । आखाँ शिविर शैलुङ गाउँपालीका बैसे स्थित शारदा मा.वि. मा शुरु भएको छ भनी समाजसेवी मान्नधरले बताउनु भयो ।
यस शिविर संचालनमा विशेष सक्रियता र सहयोग समाजसेवी दोलखाली नेता शोभित उप्रेतीको रहेको छ भनी उहाँले बताउनु भयो ।

यसरी संचालन भएको शिविरमा प्रशासनिक कार्यको सहयोगको लागि नेप्लीज फेसन होमको तर्फबाट अध्यक्ष हेमा मानन्धर, मिस नेवाःहरु कृषा महर्जन, सकिना महर्जन र अजय श्रेष्ठको सहभागीता रहेको समेत उहाँले बताउनु भयो ।
शिविरमा बिरामीको चाप धेरै भयकोले रातको १२ बजे सम्म पनि सल्यक्रिया हुन सक्न्ने चिकित्सकहरुको भनाई रहेको छ भनी बताउनु भयो ।
फोटो : हेमा मानन्धर, शैलुङ दोलखा ।


केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij