Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखा भीमेश्वरमा कार्तिक ५ गते नयाँ घण्टा प्रतिस्थापन गरिने

दोलखा भीमेश्वरमा कार्तिक ५ गते नयाँ घण्टा प्रतिस्थापन गरिने

नेपाल सम्वत् ११४४, कौलागाः १ (२ कार्तिक, २०८१) शुक्रवार, बाँपीझ्याला, दोलखा । चन्दवीर बस्न्यात क्षेत्री तथा चिफ कर्णेल दिवंगत दल बहादुर बस्नेत तथा दाजु भाइ दिवंगत बिर्ख बहादुर बस्नेत, दिवंगत नर बहादुर बस्नेतले वि.सं. १९६८ मा चढाएको ठुलो घण्टा जिर्ण भएको छ । हाल सो जिर्ण भएको घण्टा यथावत राखि २ सय ३५ के.जि. को नयाँ घण्टा परिवारका सदस्यहरुको सामूहिक सहयोगबाट निर्माण गरिएको छ ।

यसरी परिवारहरूको सामुहिक सहयोगमा निर्माण गरिएको घण्टा नाति पुस्ता दुर्गा वहादुर बस्नेतको विशेष सक्रियतामा बनाई उक्त घण्टा आज २०८१ कार्तिक २ गते पाटन औद्योगिक क्षेत्र स्थित नेपाल ढलौट उद्योगको कारखानामा दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर श्रेष्ठलाई आज हस्तान्तरण गरिएको छ ।

उक्त घण्टा यहि कार्तिक ५ गते दोलखा भीमेश्वरमा प्रतिस्थापन गरिने भएको छ भनी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठले बाँपिझ्याला डटकमलाई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार