Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

आज महानवमी, दोलखा भीमेश्वर बलिपूजा गर्दै

आज महानवमी, दोलखा भीमेश्वर बलिपूजा गर्दै

नेपाल सम्वत् ११४४, कौलाथ्वः ८ (२५ असोज, २०८१) शुक्रवार, बाँपीझ्याला । आज महानवमीको दिनलाई दोलखामा पूजाको रुपमा मान्ने गर्दछन् ।

भीमेश्वर मन्दिरमा आज विहान करीव ४ बजेतिर चागुविगुबाट सरकारी पूजाको निम्ती बाह्र बोका ल्याई पुजा गरेपछि मात्र अन्य व्यक्तिहरुको पूजा थाल्ने चलन छ । तर आजकाल उक्त पूजा नआएपनी भीमेश्वर गुठी व्यवस्थापनले उक्त बोका व्यवस्थापन गरि पूजा गर्ने गरिएको छ ।

यसै गरी आज महानवमीका दिनमा दोलखाका नेवार समुदायहरुले आ–आफ्नो दाजुभाई जम्मा भएर पूजा सामान तयार गरी आ–आफ्नो कुल्याणमा बोका पर्साइ सकेपछि पालै पालो भीमेश्वर मन्दिरमा पूजा गर्छन् ।

आजको दिन भीमेश्वरमा पूजागर्नेको ठूलो घुँइचो लाग्ने गर्दछ । सबैको पूजा सकिए पछि मात्र त्यस दिनको नित्य पूजा हुने गर्दछ । यसै दिनको रात्रीलाई कालरात्री भनिन्छ । जुन प्रसंग टिकासंग जोडिएको हुन्छ ।

संयोजन : भरतबहादुर श्रेष्ठ, अध्यक्ष दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिती

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार