
नेपाल सम्वत् ११४४, ञलागाः १३ (१४ असोज, २०८१) सोमबार, बाँपीझ्याला । सुन्दर खड्काको नयाँ गीति भिडियो “कालिन्चोकका डाँफे मुनाल” हालै सार्वजनिक भएको छ।
काठमाण्डौंको हार्दिक होटेलमा बरिष्ठ कलाकार समाजसेवी मदनदास श्रेष्ठज्यू सभापतीत्व, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेको प्रमुख आतिथ्यतामा उक्त गित सार्वजनिक गरिएको थियो ।
यसरी गित सार्वजनिक कार्यक्रममा पूर्व संस्कृती पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेल लगायत दोलखाका राजनितीक दलका प्रतिनिधी, पालीका प्रमुख, प्रतिनिधीमुलक जिल्लावासी र शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।
यसै गरी यस गितमा गायीका अस्मिता अधिकारी र गायक नरहरी प्रेमीको स्वर रहेको छ । दोलखा जिल्लाको बिभिन्न धार्मीक पर्यटकिय गन्तव्यहरु को बारे उक्त गितमा चर्चा गरिएको छ ।
यसरी गीतले दोलखा जिल्लाका ओझेलमा परेका पर्यटकीय स्थानहरू भोर्ले झरना, शैलुङको सय थुम्का मिनिग्रेटवाल, गोल्मास्थान, दोलखाका शितलबस्ती, सुन्द्रावती झरना ,चौघरा दरबार लगायतका महत्त्वपूर्ण ठाउँको महत्त्वलाई परिचय गराउन खोजेको छ ।
भिडियोको छाँयाङ्कन दोलखाका विभिन्न स्थानहरूमा गरिएको छ । यो गीतले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखेको पाइन्छ । गीतको निर्देशन अर्पण तामाङले गरेका छन् भने मोडलिङमा सन्जिब ठकुरी र बबिता गुरुङले काम गरेका छन्।
काठमाण्डौं स्थित हार्दिक होटेल बागबजारमा भएको उक्त भिडियो सार्वजनिक गरिएको थियो ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij