
नेपाल सम्वत् ११४४, ञलाथ्वः १२ (३० भाद्र, २०८१) आईतबार, बाँपीझ्याला, दोलखा ।
चुल्काप्सीँ (चुडामणी स्तम्भ) मन्दिर पछाडी रहेको सालको ९/९ इन्चको लम्बाइ र चौडाइ, ३२ फीटको उचाइ रहेको चुल्काप्सीँ सिं (चुडामाणी स्तम्भ) ठड्याइएको छ । यो चुडामणीको महिमा ठुलो छ । भीमसेनलाई इश्वरको रुपमा रुद्री गरीन्छ, भीमनारायणको रुपमा राज पुजा गरिन्छ, भीम भैरवको रुपमा वा भगवतीको रुपमा मेष बली पनि दिइन्छ, यो भीमसेनलाई भक्तजनहरुले आ–आफ्नो भक्ति अनुसार विभिन्न रुपमा पुजा गरिने भएकोले यो चुडामणी स्तम्भ स्थापना गरिएको पाईन्छ ।

यो स्तम्भ सालको काठबाट निर्मित भएको हुनाले निश्चित अवधिमा ढल्छ र स्तम्भ फेर्नु पर्दछ । भीमेश्वरमा भएको अभिलेख अनुसार ने.सं. ७७४ (वि.सं. १७११), ने.सं. ८३६ (वि.सं. १७७३), श्रीशाके सं. १६९१ (वि.सं. १८२६), श्रीशाके सं. १७५८ (वि.सं. १८९३) र वि.सं. २००९ साल असारमा फेरीएको हो र करिव ६१ साल पछि २०७० चैत्र महिनाको २० गते सो चुडामणी स्तम्भ ढल्यो र विधि विधान पूर्वक दोलखा जिल्ला शहरे गाविस वडा नं. ५ स्थित इन्द्रवती तिलखोरिया सामुदायीक वन समूहको सहयोगमा प्राप्त सालको रुखबाट स्तम्भ निर्माण गरि भीमेश्वर नगरपालिका वडा नं. २ घर भै हाल काठमाडौं लाजिम्पाट निवासि श्री नरेन्द्रबहादुर श्रेष्ठले वहाँ र परिवारको संयुक्त सहयोग तथा जिल्लाका प्रशासनीक निकायहरु, नेपाली सेना, नेपाल प्रहरीको विशेष सहयोगमा मिति २०७० साल चैत्र २३ गतेका दिन स्तम्भ पुनः प्रतिस्थापना गरिएको थियो ।
सालहरुमा यो स्तम्भ फेरिएको प्रमाणहरु पाइन्छ । यसरी अनुमान गर्दा करिव करिव ५० देखि ७० वर्षको अन्तरालमा चुडामणी स्तम्भ फेरिएको देखिन्छ ।
चुल्काप्सीँ (चुडामणी) को नाप वा लक्षण जमिन मुनी ५ हात करिव ८ फिट र जमिन भन्दा माथी देखिनु पर्ने १६ हात करिव २७ फिट यति प्रमाणको हुनु पर्दछ । रुख ढाल्दा छिप्पीएको साल जातको रुख छानेर अधिल्लो दिन पञ्चोपचारपूजा दीपमाला गर्नु पर्दछ । भोली सवेरै शुभ साइतमा बलिपूजा गरी रुखको जरा खनी रुख ढाल्नु, चुलका सिँ (चुडामणी खम्बा) बाटोमा ल्याउँदा जहाँ जहाँ रात बस्यो दिन पिच्छे बली पूजा गर्नु, प्रतिस्थापन गर्दाका दिन विधिले स्थापना गरेका दिन यज्ञ होम गर्नु, भोलीपल्ट १ जोर राँगा यथा विधिले सव गणदेवतालाई पूजा गर्नु पर्दछ ।
यसै सिलसिलामा अहिले भैरहेको चुलिका सिँ (चुडामणि स्तम्भ)। हालको यो स्तम्भ तत्काल स्थापना गर्नु पर्ने भई सेतो कलिलो साल जातको रुखको भएकोले अहिले नै मक्किएर ढल्न सक्ने अवस्थामा रहेकोले स्तम्भ तयारी अवस्थामा राख्नको लागि सिन्धुली जिल्लाको कमलामाइ नगरपालिका वडा नं. ६ स्थित श्री नं. ९ बाहिनी अड्डा, माझिटार व्यारेकका बाहिनी पतिज्यूको विशेष पहलमा सिन्धुलीको परिसरमा रहेको रातो साल जातको रुख उपलब्ध भै विधि विधानबाट मिति २०८१ बैशाख ५ गते रातभर चाकमत बत्तीबाली ६ गते विहान शुभ साइतमा तान्त्रिक विधिबाट बली पूजा सहित उक्त रुख ढालिएको र उक्त रुखलाई चुलिका सिँ (चुडामनि स्तम्भ) को नापमा तयार गरि सकेको र नेपाल सरकारको नियमानुसार सम्पूर्ण कार्य पूरा गरी यहि मिति २०८१ साल भाद्र ३१ गतेको शुभ साइतमा दोलखा भीमेश्वर ल्याउन दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष श्री विराजमान श्रेष्ठको नेतृत्वमा नेपाली सेना गरुड दल गणका प्रतितिधी सहित आज मिति २०८१ साल भाद्र ३० गते दिउँसो २ः४५ बजे सिन्धुली तर्फ प्रस्थान भएको छ ।
उक्त स्तम्भ दोलखा भीमेश्वर मन्दिर सम्म ल्याउन रामेछाप जिल्ला र सिन्धुली जिल्लामा प्रशासनिक सहयोग र समन्वय गर्न प्रमुख जिल्ला अधिकारी श्री टुवराज पोखरेल, दोलखा जिल्ला प्रशासन कार्यालयबाट सहयोग भएको छ ।
भरतबहादुर श्रेष्ठ, अध्यक्ष श्री भीमेश्वर गुठी व्यवस्थापन समिती, दोलखा


केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij