Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

भीम माध्यमिक विद्यालय दोलखाको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक

भीम माध्यमिक विद्यालय दोलखाको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक

नेपाल सम्वत् ११४४, ञलाथ्वः १० (२८ भाद्र, २०८१) शुक्रवार, बाँपीझ्याला । भीम माध्यमिक विद्यालय दोलखाको आर्थिक बर्ष २०८०/०८१ को सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ ।

विद्यार्थी अभिभावक संघका अध्यक्ष कल्याण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्यमा भीमेश्वर नगरपालीकाका प्रमुख ईस्वरनारायण मानन्धरको उपस्थिती रहेको थियो ।

यसै गरी अतिथीहरुमा भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ, व्यवस्थापन समितीका अध्यक्ष ज्ञानु कुँवर, राजकुलेश्वर आवासिय विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अजय प्रधान, प्रधानध्यापक कुमारी जोशी चाकुबजी, फुलपा प्रावि विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बद्री दाहाल, प्रधानध्यापक हरि श्रेष्ठ, तिखातल प्राथमिक विद्यालयका प्रधानध्यापक तिर्थबहादुर जोशीको उपस्थिती रहेको थियो ।

यसै गरी भीम माध्यमिक विद्यालयका व्यवस्थापन समितीका पूर्व अध्यक्ष बुद्धिबहादुर आचाजु, युवा समाजसेवी व्यवस्थापन समिती सल्लाहकार एमाले जिल्ला कमिटी सदस्य ज्ञानेन्द्र प्रधान, युवा समाजसेवी माओवादी केन्द्र भीमेश्वर नगरपालीकाका ईञ्चार्ज सुब्बा श्रेष्ठ, क्षयरोग निवारण संस्था दोलखाका अध्यक्ष समाजसेवी हर्कबहादुर श्रेष्ठ, ईलाका स्वास्थ्य चौकीका प्रमुख टेकबहादुर राउत र ईलाका प्रहरी चौकी प्रतिनीधीको उपस्थिती रहेको थियो ।

उक्त सामाजिक परिक्षण सार्वजनिक कार्यक्रममा स्कुलको आय–व्यय प्रतिवेदन, प्रगती प्रतिवेदन लगायत स्कुलको चल अचल सम्पतीको विवरण प्रस्तुत गरिएको थियो ।

बद्री दाहाल, दोलखा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार