
नेपाल सम्वत् ११४४, ञलाथ्वः ९ (२७ भाद्र २०८१), बिहीवार, बाँपीझ्याला । भाद्र २९ गतेको राष्ट्रिय बाल दिवसलाई लक्षित गर्दै ललितपुरका पूर्व प्राथमिक विद्यालयहरूका संगठन अपेन ललितपुर महानगरले बृहत कार्यक्रमको आयोजना गरिरहेको छ।

यसै क्रममा कलिला बालबालिकाहरूको प्रतिभा निखार्न, नेतृत्व कला विकास गर्न, तथा आत्मविश्वास बढाउने लक्ष्यका साथ किड्स गट ट्यालेन्ट २०८१ को आयोजना संगठन लेगरेको छ ।
ललितपुर महानगर अपेन कि अध्यक्ष तथा किड्जी सानेपाकी प्रधानाध्यापक मुना श्रेष्ठ को समन्वयमा संचालन गरिएको उक्त ट्यालेन्ट सो मा ९ वटा विद्यालयवाट १७५ जनाले सहभागिता जनाएका थिए। ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्य तथा ललितपुर महानगरका शिक्षा शाखा का अधिकारीको आतिथ्यमा भव्यताका साथ अभिभावकहरूको समेत उपस्थितिमा उक्त ट्यालेन्ट सो सम्पन्न भएको थियो।

भाद्र १५ गते सम्पन्न गरिएको किड्स गट ट्यालन्ट २०८१ को ब्याज तथा प्रमाणपत्र वितरण गर्दै भाद्र २८ गते शुक्रबार कार्यक्रम को समापन गरिँदैछ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij