Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

फुलपा प्राथमिक विद्यालयका ५० जना विद्यार्थीलाई स्टेशनरी सामान वितरण

फुलपा प्राथमिक विद्यालयका ५० जना विद्यार्थीलाई स्टेशनरी सामान वितरण

नेपाल सम्वत् ११४४, यँलाथ्वः ५ (२३ भाद्र, २०८१) आईतबार, बाँपीझ्याला । नेपाल मानव धर्म सेवा समिति दोलखाले सामुदायिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ।

यसै गरी ५८ औँ साक्षरता दिवसका अवसरमा भीमेश्वर नगरपालिका–२ फुलपामा रहेको फुलपा प्राथमिक विद्यालयका ५० जना विद्यार्थीलाई कापी, कलम, पेन्सिल, इरेजर, पेन्सिल कटर लगायतका स्टेशनरी सामान वितरण गरिएको गरिएको छ भनी प्रधानध्यापक हरि श्रेष्ठले बताउनु भयो ।

नेपाल मानव धर्म सेवा आश्रमका वाइजी, समिति दोलखाका अध्यक्ष, सचिव नवराज शिवाकोटी लगायतले सामग्री हस्तान्तरण गरेका थिए ।

समितिले विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको छ। शिक्षा अभियान अन्तर्गत यसअघि पनि अन्य विद्यालयमा शैक्षिक सामग्री सहयोग गरेका समितिका सचिव नवराज शिवाकोटीले बताए।

शिक्षण कार्यमा सहयोगका लागि साक्षरता दिवसका अवसरमा विद्यालयका ५० जना विद्यार्थीलाई स्टेशनरी सामग्री सहयोग गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री दहालले धन्यवाद व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार