
नेपाल सम्वत् ११४४ यँलाथ्वः ३ (२२ भाद्र, २०८१) शनिवार, बाँपीझ्याला, दोलखा । द्वाल्खा म्यासमुचा खलकको आयोजनामा दोलखामा निःशुल्क स्वास्थ्य परिक्षण तथा परार्मश सेवा यही भाद्र २५ गते मंगलबार विहान १० बजेदेखि बेलुका ५ बजेसम्म स्वास्थ्य चौकी दोलखामा संचालन हुने भएको छ ।
यसरी हुन गईरहेको एक दिने स्वास्थ्य शिविरमा पाठेघरको मुख तथा भित्तामा हुने क्यान्सर सम्वन्धी आवश्यक स्वास्थ्य परिक्षण तथा परामर्श सेवा हुन गईरहेको खलकका अध्यक्ष विश्वलक्ष्मी श्रेष्ठले बताउनु भयो ।

Rotary Club of Okland USA र Rotary Club of Bayarea USA को सहयोग, Phect Nepal को प्राविधक सहयोग र भीमेश्वर नगरपालीका वडा नं. २ दोलखाको व्यवस्थापनमा उक्त एक दिने शिविर संचालन हुन गईरहेको छ भनी खलकका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

यसरी शुरु हुन गईरहेको एक दिने स्वास्थ्य शिविरमा भीमेश्वर नगरवासीलाई सुविधाको उपयोग गर्नु भई स्वास्थ्य परिक्षण गराउनु हुन पनी अध्यक्ष श्रेष्ठले आग्रह सहित अनुरोध गर्नु भएको छ ।


केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij