
नेपाल सम्वत् ११४४, गुँलाथ्वः नवमी (३० साउन, २०८१), बुधबार, बाँपीझ्याला । दीपक-दीपकाको फिल्म ‘छक्का पञ्जा-५’ को गीत ‘बिहे भएको छैन’ सार्वजनिक भएको छ । असोज २४ अर्थात् फुलपातीबाट प्रदर्शनमा आउने यस फिल्मको प्रचार सामग्रीको रुपमा निर्माण पक्षले गीत सार्वजनिक गरेको हो ।
गीतमा फिल्मका नायक दीपकराज गिरी र नायिका वर्षा सिवाकोटी फिचर्ड छन् । भिडियोमा उनीहरु जोडीका रुपमा प्रस्तुत भएका छन् ।
भिडियोको अन्त्यमा केदार घिमिरे ‘माग्ने बूढा’लाई झुलुक्क देख्न सकिन्छ । यस गीतमा सविन सुवेदी र बेनिशा पौडेलले स्वर दिएका छन् भने दीपकराज र दीपक शर्माको शब्द रहेको छ ।
असोज २४ फुलपातीबाट प्रदर्शनमा आउने यस फिल्ममा दीपकराज, वर्षा र माग्ने बूढा शीर्ष भूमिकामा रहेका छन् । बाँकी कलाकार भने निर्माण पक्षले गोप्य राखेको छ । यो गीतमा पनि उनीहरूलाई देखाइएको छैन ।
यो फिल्म ‘छक्का पञ्जा’को पांचौँ सिक्वेल हो । छक्का पञ्जा सिक्वेव बक्स अफिसमा हिट छ । यसको निर्देशक दीपाश्री निरौला हुन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij