
नेपाल सम्वत् ११४४ गुंलाथ्वः ७, (२८ साउन , २०८१) सोमबार, बाँपीझ्याला, काठमाण्डौँ । दाङको लमही आँखा अस्पतालले नाक, कान र घाँटीसम्बन्धी विशेषज्ञ सेवा दिन थालेको छ । देउखुरी क्षेत्रका नागरिकलाई सहज रुपमा नाक, कान र घाँटीसम्बन्धी सेवा प्रदान गर्नका लागि विशेषज्ञ सेवा सुरु गरेको हो ।
नेपाल नेत्रज्योति सङ्घ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित आँखा अस्पताल र उपचार केन्द्रसहित लमही आँखा अस्पतालले दैनिक बिहान ९ बजेदेखि ४ बजेसम्म सेवा प्रदान गर्ने गरेको नाक, कान र घाँटीरोग विशेषज्ञद्वारा उपचार तथा परामर्श सेवा दिइरहेको अस्पतालले जानकारी दिएको छ ।

करिब ८ वर्ष पहिलेदेखि प्राथमिक कान सेवा सुरु गरेको थियो । एक वर्ष अघिदेखि नाक, कान र घाँटीसम्बन्धी विशेषज्ञ डाक्टरबाट यो सेवा दिन सुरु गरिएको अस्पतालका प्रमुख प्रशासक सम्शेर थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार आँखासँगै नाक, कान र घाँटीको सेवा प्रवाह नाक, कान र घाँटीको विशेषज्ञ सेवा सुचारु गरेको हो ।
लमही नगरपालिका–५ रातोडाँडास्थित नगर विकास समितिले उपलब्ध गराएको पाँच कट्ठा जमिनमा भवन निर्माण गरेर नाक, कान र घाँटी अस्पताल सञ्चालन गर्ने योजना अगाडि सारेको प्रमुख थापाले बताउनुभयो ।

लमही आँखा अस्पतालको रणनीतिक कार्ययोजना समेत निर्माण गरेर आँखासँगै नाक, कान र घाँटीको पनि छुट्टै अस्पताल निर्माण गर्ने योजना रहेको नेपाल नेत्रज्योति सङ्घ दाङका सभापति कृष्णकुमार गिरीले जानकारी दिनुभएको छ । सभापति गिरीले नेपाल नेत्रज्योति संघले आँखासँगै नाक, कान र घाँटी रोगको उपचार दिनका लागि सुविधासम्पन्न अस्पतालको भवन निर्माण गर्ने तयारी अघि बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो, "हामीले प्राथमिक उपचार सेवा अस्पताल र उपचार केन्द्रबाट दिएका छौँ, अब लमहीबाट विशेषज्ञ सेवा दिइरहेका छौँ, छिट्टै भविष्यमै अस्पतालको रूपमा विकास गर्ने योजना छ ।"

नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल छन्द कालेबाबु नारायणी आँखा अस्पताल र रुकुम आँखा उपचार केन्द्रले करिब ५० हजार बढीलाई प्राथमिक कान उपचार सेवा दिइसकेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij