नेपाल सम्वत् ११४४, गुँलाथ्वः ६ (२७ साउन, २०८१), आईतबार, बाँपीझ्याला । गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा निधन भएको छ । उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।
शनिवार साँझ भैँसेपाटीस्थित डेरामा बेहोश अवस्थामा फेला परेका उनलाई अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।
तिमिल्सीनाको शव आज केही समय सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने संगीतकार चेतन सापकोटाले जानकारी दिनुुभयो । तिमिल्सिनाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिने बताइएको छ ।
तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका थिए । तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका दर्जनौँ गीत छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij