
शनिवार विशेष
दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं. २ डोक्छे टोलमा बा हर्कबहादुर श्रेष्ठ र आमा पूजालक्ष्मी श्रेष्ठका जेठी आयुष्मती सुपुत्री मिसु श्रेष्ठ (थपलिया) वि.सं. २०३२ साल कार्तिक १४ गते जन्मेकी हुन्।
बालमन्दिरबाट आफ्नो प्रारम्भिक शिक्षा शुरु गरेर कक्षा १ देखि ५ सम्म तल्लो टोल कोर्छे स्थित राजकुलेश्वर प्राथमिक विद्यालय (हालको आधारभूत विद्यालय)मा अध्ययन गरी कक्षा ६ देखि १० सम्म पाखलती सुन्टोपर स्थित भीम माध्यमिक विद्यालयमा अध्ययन गरेर वि.सं. २०४८ सालमा एस.एल.सि. पास गरेकी हुन् ।
माध्यमिक तहको अध्ययन पूरा गरेपछि वि.सं. २०५३ सालमा गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटबाट प्रविणता प्रमाणपत्र तह (आई.ए) उत्तीर्ण गरी वि.सं.२०५९ सालमा महेन्द्ररत्न क्याम्पस ताहचलबाट शिक्षाशास्त्रमा स्नातक (वि.एड) गरेकी हुन् । शिक्षा प्राप्तिको आफ्नो अपूरो ईच्छालाई जोड्दै हाल सानोठिमी क्याम्पस भक्तपुरमा शिक्षाशास्त्रमा स्नातकोत्तर तहमा अध्ययनरत रहेकी छन् ।

यसै सन्दर्भमा धु्व मधिकर्मीको ओरालोको सिलसिला लघुकथा सङ्ग्रहको शैलीवैज्ञानिक अध्ययन शीर्षकमा शोधपत्र (थेसिस) लेख्दै छिन् ।
वि.सं. २०५७ साल बैशाख ५ गते कालिञ्चोक गाउँपालिका वडा नं. ८ सुनखानी, दोलखा निवासी बा महेश्वर थपलिया र आमा भागिरथी थपलियाका आयुष्मान सुपुत्र नन्दराज थपलियासँग बैबाहिक जीवनमा बाँधिएकी श्रेष्ठका दुई छोराहरु स्वर्णिम र सुवाञ्जन थपलिया रहेका छन् । यसै गरी उनका एक भाइ ई. राजकुमार श्रेष्ठ र एक बहिनी ज्योत्स्ना श्रेष्ठ रहेका छन् ।
श्रेष्ठको हाल कागेश्वरीमनोहरा नगरपालिका वडा नं. ९, काँडाघारी, काठमाण्डौंमा बसोबास रहेको छ ।
२०५२ सालमा भँगेरी प्रा.वि.पवटीबाट शिक्षण पेशामा प्रवेश गरी रोजगारीको पहिलो खुड्किलाको रूपमा सेवामा आवद्ध भएकी हुन् । त्यसै गरी गौरीशङ्कर बोर्डिङ स्कुल दोलखा, राजकुलेश्वर प्रा.वि. दोलखा, झाँकीचौर प्रा.वि., तिखातल प्रा.वि.मा अस्थायी रूपमा सेवारत रहँदै गर्दा जिल्ला विकास समिति दोलखा, स्थानीय स्वायत्त शासन, अन्तर्गत सामाजिक परिचालकको रूपमा सेवा गरेकी थिइन् ।

त्यसैगरी वि.सं. २०६१ मा हिलेपानी संस्कृत उच्चमावि लामिडाँडा दोलखाबाट स्थायी रूपमा शिक्षक पेशामा संलग्न भई राधाकृष्ण आ. वि भक्तपुर हुँदै हाल विनायक सरस्वती आधारभूत विद्यालय चाँगुनारायण भक्तपुरमा कार्यरत रहेकी छन् ।
यसै गरी सामाजिक क्षेत्रलाई आफ्नो बचे खुचेको समय दिन मनपराउने श्रेष्ठ हाल ञहाम्रो लघुकथा केन्द्र नेपालझको ञशनिवार विशेषझ लघुकथा सम्बन्धी कार्यक्रम संयोजन तथा वाचन गर्दै आएकी छन् ।
त्यस्तै हाम्रो लघुकथा केन्द्र नेपालको कार्य समिति सदस्य मिसु श्रेष्ठ हाम्रो लघुकथा केन्द्रको आजीवन सदस्य र नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य समेत रहेकी छन् ।
हामी उनको कुशल–मङ्गल, सु–स्वास्थ्यको कामना गर्दै उत्तरोतर प्रगतिको कामनाको लागि दोलखा भीमेश्वरमा प्रार्थना गर्दछौं । जय दोलखा भीमेश्वर !
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij