
नेपाल सम्वत् ११४४, दिल्लागा ३ (९ साउन २०८१), बुधबार, बाँपिझ्याला । काठमाडौं उपत्यकाका पाँच वर्षमुनिका बालबालिकालाई अनिवार्य रूपमा खोप दिइने भएको छ । आज साउन ९ देखि १२ सम्म उपत्यकाका तीन जिल्लामा पोलियोविरुद्धको खोप दिइने भएको हो ।
राजधानीकै टुकुचा र बागमती खोलाको दोभानमा नयाँ पोलियो भाइरस भेटिपछि सरकारले उपत्यकाका तीन जिल्लाका पाँच वर्षमुनिका बालबालिकालाई खोप दिने निर्णय गरेको हो ।
गत जेठ २३ गते दोभानबाट संकलन गरिएको नमुनामा डिप्राइभ्ड पोलियो भाइरस–३ फेला परेको थियो । विश्व स्वास्थ्य संगठनको हङकङस्थित ल्याबमा परीक्षण गर्दा उत्परिवर्तन भएको भाइरस देखिएको हो ।
नयाँ भाइरस देखिएपछि थप बालबालिकामा सम्भावित जोखिम हेरी सरकारले विश्व स्वास्थ्य संगठन तथा अन्य निकायको सुझावलगत्तै उपत्यकाका बालबालिकालाई खोप दिने निर्णय गरिएको हो । बढी जोखिममा हुने भएकाले पाँच वर्षमुनि उमेरका २ लाख ८० हजार बालबालिकालाई पोलियो खोप दिने तयारी गरेको हो ।
राजधानीमा फेला परेको पोलियो भाइरस मुखबाट खुवाइने पोलियो भाइरसको उत्परिवर्तनका रूपमा फेला परेका कारण मुखबाटै खोप दिने तयारी गरेको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए ।
पाँच वर्षमाथिका बालबालिका अति जोखिममा हुने भएकाले खोपबाट कोही छुट्न नहुनेमा उनले जोड दिए । यो उमेर समूहका कुनै पनि बालबालिकालाई खोेप दिन नछुटून् भनेर यसपालि स्वास्थ्यकर्मी घरमै पुगेर खोप दिनेछन् ।
घर नभएका बालबालिकाका लागि नजिकैका मन्टेश्वरी स्कुलमा पुगेरै खोेप दिने तयारी भएको खोप शाखाले जनाएको छ । यी दुवै ठाउँबाट खोेप लिन छुटेका बालबालिकाबारे खबर गरिदिन डा. गौतमले अपिल गरे ।
चार दिन जारी रहने पोलियो खोप अभियानका लागि सरकारले १२ हजारदेखि १६ हजार स्वास्थ्यकर्मी परिचालन गरेको छ । पोलियो खोप युनिसेफले प्रदान गरेको हो भने खोप अभियानका लागि विश्व स्वास्थ्य संगठनले २ करोड ५० लाख रूपैयाँ खर्च उपलब्ध गराउने जनाइएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij