
नेपाल सम्वत् ११४४ दिल्लाथ्व, २ (८ साउन, २०८१) मंगलबार बाँपीझ्याला, दोलखा । दोलखा भिमेश्वरमा हुने क्षमा पूजामा सरिक हुन दोलखावासी तथा भक्तजनलाई सरिक हुन आग्रह गर्दै विज्ञप्ती जारी गरिएको छ ।
प्राचिन शहर दोलखा स्थित श्री भिमेश्वर (भीमसेन) को शिलामा २०८१ साल साउन ५ गते शनिवार दिनको १ः४७ बजेदेखि लगातार ४ः१५ बजेसम्म पसिना आएको थियो । यसरी भीमेश्वरको शिलामा पसिना आई रोकिए पश्चात तान्त्रिक विधीबाट रुवाले शिलाको पसिना पुछ्ने परम्परा रही आएको छ ।
यसै गरी शिलाको पसिना पुछिएको रुवा महाप्रसाद यही २०८१ साल श्रावण ६ गते आईबार विहानको ११ः०० बजे राष्ट्रप्रमुख सम्माननीय राष्ट्रपती रामचन्द्र पौडेललाई शितल निवासमा पु¥याईएको थियो । यसरी रुवा सहीतको महाप्रसाद ग्रहण संगै दोलखा भीमेश्वरको शिलामा पसिना आएको औपचारीक जानकारी तथा विधी विधानको बारेमा व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठले सम्माननिय राष्ट्रपती पौडेललाई जानकारी गराउनु भएको थियो ।

राष्ट्रपतीले राष्ट्रप्रमुखको तर्फबाट यही २०८१ साल साउन ११ गते शुक्रवारका दिन विहान शुभसाईतमा शंकट मोचन एवं प्राणि जगतको कल्याणको लागि होम यज्ञ, ग्रहशान्ती, मंगल शान्ती, लगायत लघुरुद्री पूजा सहीत क्षमापूजा गर्ने कार्यक्रम रहेको र उक्त क्षमापूजा संगै जनस्तरबाट पनी क्षमापूजाको कार्यक्रम रहेकोले उपस्थितीको लागि आग्रह सहीत व्यवस्थापन समितीको तर्फबाट आज एक विज्ञप्ती जारी गरि उपस्थितीको लागि अनुरोध गरिएको छ । https://bampijhyala.com/2024/07/21/89213/

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij