Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखा भिमेश्वरको महाप्रसाद राष्ट्रपती रामचन्द्र पौडेल द्वारा ग्रहण, शिलामा पसिना आएको औपचारीक जानकारी

दोलखा भिमेश्वरको महाप्रसाद राष्ट्रपती रामचन्द्र पौडेल द्वारा ग्रहण, शिलामा पसिना आएको औपचारीक जानकारी

नेपाल सम्वत् ११४४ दिल्लाथ्व, १५ (६ साउन, २०८१) आईतबार, बाँपीझ्याला, दोलखा । दोलखा भिमेश्वरको महाप्रसाद राष्ट्रपती कार्यालयमा पू¥याईएको छ । यो सँगै राष्ट्रपती रामचन्द्र पौडेलद्वारा साक्षात दोलखा भिमेश्वरको पसिना पुछेको (रुवा) महाप्रसाद ग्रहण गर्नु भयो । महाप्रसाद ग्रहण सँगै राष्ट्रपती पौडेललाई दोलखा भिमेश्वरको शिलामा आएको पसिनाको बारेमा दोलखा भिमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठज्यूले औपचारीक जानकारी गराउनु भयो ।

दोलखा भिमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठ र दोलखा जिल्ला प्रशासन कार्यालय चरिकोट दोलखाको तर्फबाट प्रशासकिय अधिकृत विकल श्रेष्ठको नेतृत्वमा गएको टोलीले राष्ट्रपती रामचन्द्र पौडेललाई शितल निवासमा भेटी दोलखा भिमेश्वर शिलामा पसिना आएको औपचारीक सन्देश सहीत जानकारी गराईएको हो ।

यसरी भीमेश्वरको शिलामा आएको पसिना आएको बारेमा व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठले भीमेश्वरको शिलामा पसिना आउँदा पुछेको रुवा सहीतको महाप्रसाद दिनुका साथै पसिना आएको बारेमा औपचारीक जानकारी गराउनु भएको थियो ।

यसै गरी भीमेश्वर भगवानको महाप्रसाद सहीत भद्रकाली स्थित जंगी अड्डाका प्रमुख प्रधान सेनापती महारथी प्रभुराम शर्मा र प्रहरी प्रधान कार्यालय नक्साल स्थित प्रहरी प्रधान कार्यालयका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुनवारलाई शिलामा पसिना आएको औपचारीक जानकारी दिनुका साथै महाप्रसाद पू¥याएको छ ।

यसरी आज महाप्रसाद पू¥याउन जानेहरुमा भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ, दोलखा जिल्ला प्रशासन कार्यालयको तर्फबाट प्रशासकिय अधिकृत विकल श्रेष्ठ, दोलखा भिमेश्वर गुठी व्यवस्थापन समितीको तर्फबाट अध्यक्ष भरतबहादुर श्रेष्ठ, उपाध्यक्ष विराजमान श्रेष्ठ, सचिव राजेन्द्रनारायण श्रेष्ठ, कोषाध्यक्ष शुरेश कुमार श्रेष्ठ, सदस्यहरुमा पर्शुराम जोशी र ज्ञानेन्द्र प्रधान रहेको छ । यसै गरी कानुनी सल्लाहकार प्रविण प्रधान, सञ्चार साझेदारीको तर्फबाट बाँपिझ्याला डटकमका सम्पादक उपेन्द्र प्रधान र समाजसेवी मनोज चाकुबजीको उपस्थिती रहेको थियो ।

दोलखा भीमेश्वरमा हिजो दिउँसो १ः४७ देखि ३ः५१ सम्म निरन्तर र एकछिन पसिना आउने क्रम बन्द भई पुनः ४ः०५ देखि ४ः१५ सम्म पसिना आएको थियो । यसरी पसिना आएपछी उक्त खबर औपचारीक रुपमा राष्ट्र प्रमुखका पू¥याउने परम्परा रही आएकोले आज राष्ट्रपती रामचन्द्र पौडेलेज्यूका महाप्रसाद सहीत खबर पू¥याउन शितल निवास पुगेको हो । यसरी राष्ट्रपती कार्यालयमा औपचारीक खबर दिई सकेपछी राष्ट्रपती कार्यालयबाट क्षमा पूजा स्वरुप बोका पूजा गर्ने परम्परा रही आएको छ ।

संघिय गणतन्त्र आउनु भन्दा पहीले पसिना आएको सन्देश सहीत राजदरबारमा खबर पठाउने परम्परा रहेको थियो । तर अहिले राष्ट्रपती कार्यालयलाई राष्ट्र प्रमुखको हैसियतले खबर पू¥याउने व्यवस्था रहेको छ भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका उपाध्यक्ष विराजमान श्रेष्ठले बताउनु भयो । https://bampijhyala.com/2024/07/20/89130/

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार