
नेपाल सम्वत् ११४४, दिल्लाथ्व १ प्रतिपदा (७ साउन, २०८१), सोमबार, बाँपिझ्याला । नेपाली फिल्म ‘वर एण्ड वधु’को प्रतिक्षित गीत ‘तिमीसँग’ सार्वजनिक गरिएको छ। बानेश्वरस्थित एनबी सेन्टरमा आयोजित एक कार्यक्रममा गीतको उद्घाटन गरिएको हो।
यस गीतमा चर्चित गायक-गायिका अञ्जु पन्त र प्रताप दासको सुमधुर स्वर छ। गीत लेखु सहयात्रीले लेखेका हुन् भने संगीत अर्जुन पोखरेलले दिएका छन्। गाेपाल रसायलीको संगीत संयोजनले गीतलाई विशेष बनाएको छ।
भिडियोमा फिल्मका मुख्य कलाकार आँचल शर्मा र नव अभिनेता विवेक कर्माचार्यको रोमान्टिक नृत्यले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

‘वर एण्ड वधु’ फिल्म आगामी भदौ १४ मा प्रदर्शन हुने तयारीमा छ। मिलन चाम्सको निर्देशन र प्रदीप भारद्वाजको लेखनमा आधारित यो फिल्मले सामाजिक कथावस्तुलाई मुख्य विषय बनाएको छ। फिल्ममा आँचल शर्मा र विवेक कर्माचार्यसँगै गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, बिजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रवीन्द्र खड्का, अन्सु महर्जन, दिनेश काफ्ले, सीता न्यौपाने, सुरवीर पण्डित, हिउवाला गौतम, र यमन श्रेष्ठ लगायतका कलाकारहरुको दमदार अभिनय रहेको छ।

नेपाल र रोमानियामा छायांकन गरिएको यो फिल्ममा जानुका थापाले लगानी गरेकी छन्। एलआरके प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्ममा सुदीप बरालले छायांकन गरेका छन् भने हिमाल केसीले द्वन्द्व निर्देशनको जिम्मेवारी सम्हालेका छन्।
गीतको सार्वजनिक समारोहमा उपस्थित दर्शकहरुको उत्साहले फिल्मप्रति उच्च अपेक्षा झल्काउँछ। फिल्म र गीत दुवैलाई दर्शकहरुले माया गरिदिने विश्वास निर्माण टोलीले व्यक्त गरेको छ। ‘तिमीसँग’ गीतले फिल्मको प्रमोशनलाई नयाँ उचाईमा पुर्याउने आशा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij