Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

तीज गीत “निदाएकै छैन म” को म्युजिक भिडियो सार्वजनिक

तीज गीत “निदाएकै छैन म” को म्युजिक भिडियो सार्वजनिक

नेपाल सम्वत् ११४४, दिल्लाथ्व १ प्रतिपदा (७ साउन, २०८१), सोमबार, बाँपिझ्याला । विवेक बुढा क्षेत्री र गीता सेजवालको तीज गीत “निदाएकै छैन म” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त म्युजिक भिडियो सारथी मिडिया युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

अमरदीप बीसीको शब्द रचना र संगीत रहेको सो गीतलाई मदन केसीले एरेन्ज गरेका हुन्। लोक ब्याटल्समा आधारित भिडियोमा गोविन्द थापा,स्मिता पल्लि मगर र अर्जुन पौडेलले अभिनय गरेका छन् भने कोरियोग्राफरको भूमिका अन्जना बस्नेतले गरेकी छिन्।

यस्तै भिडियोको निर्देशन राज मगरले गरेका छन्। भिडियोलाई सुमन थापाले खिचेका हुन् भने सम्पादन र कलरिङ पनि उनी स्वयंले गरेका हुन्।

https://youtu.be/vMW7VrEQtU0

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार