
नेपाल सम्वत् ११४४ दिल्लाथ्वः १३, ९४ साउन २०८१० शुक्रबार, बाँपिझ्याला । कुनै समय लगातार सुपरहिट फिल्म दिएका निर्देशक हुन् तुलसी घिमिरे। दार्जिलिङमा जन्मिएका, मुम्बईमा फिल्म सम्पादन सिकेका उनले नेपाललाई आफ्नो कर्मथलो बनाए। उनका थुप्रै फिल्महरू छन्, जुन दर्शकको मनमा ताजै बनेर बसेका छन्।
त्यसैमध्येको एउटा अजम्बरी फिल्म हो 'दर्पण छायाँ'। २०५७ सालमा बनेको दिलीप रायमाझी, निरूता सिंह र उत्तम प्रधान अभिनीत फिल्मले यस्तो उचाइ चुम्यो, यसले दर्शकको मन मात्र जितेन, त्यस बेला व्यापारिक रूपमा रेकर्ड नै बनायो।
यो फिल्म तीनजना साथीहरूबीचको मित्रता, माया, प्रेम र समर्पणको कथा हो। राज र अभिषेक मिल्ने साथी हुन्छन्। दुर्घटनामा परेपछि अभिषेकको दृष्टि गुमेको हुन्छ, राजले उनको निकै ख्याल गर्छन्।

यी दुई सँगै कलेज पढ्छन्। उनीहरूको कलेजमा नयाँ विद्यार्थीका रूपमा आइपुग्छिन् स्मृति। उनीसँग अभिषेक साथी बन्छन्, तर राज र स्मृतिको सुरूआत खराब हुन्छ। धेरै दिनसम्म नोकझोंक चलिरहन्छ।
एउटा मोडमा पुगेपछि स्मृति र राज पनि घनिष्ट बन्न पुग्छन्। स्मृतिलाई दुवैले भित्रभित्रै मन पराउन थाल्छन्।
यता स्मृति जीवनको यस्तो मोडमा हुन्छिन् – उनलाई राज र अभिषेकको अथाह माया र प्रेमलाई ढाँटेर जिउनु बाध्यता छ। किनकि उनीसँग जीवन छोटो छ। उनी छोटो अवधिमा लामो जीवन बाँच्न चाहन्छिन्। राज र अभिषेकसँग बाँच्न चाहन्छिन्।

यसमा राजको भूमिकामा दिलीप, अभिषेकको भूमिकामा उत्तम र स्मृतिको भूमिकामा निरूता तीनै जनाको अभिनयलाई दर्शकले औधी रूचाएका थिए। अहिले पनि उनीहरूका फिल्मको सन्दर्भ आउँदा धेरैले 'दर्पण छायाँ' सम्झन्छन्।
कथा, अभिनयसँगै समावेश गीतले पनि यो फिल्मलाई अजम्बरी बनाइदियो। फिल्मको गीत 'लहनाले जुरायो कि' निकै चर्चित रह्यो। यो गीत अहिले पनि विभिन्न सांगीतिक समारोहहरूमा छनोटमा पर्ने गरेको छ।
आजको 'गुड फ्राइडे सिनेमा' मा हामीले त्यो पुस्तामा अमिट छाप छाडेको यही नेपाली फिल्म 'दर्पण छायाँ' सिफारिस गरेका छौं।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij