Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

चीनको जिगोङ शहरमा एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

चीनको जिगोङ शहरमा एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

नेपाल सम्वत् ११४४, दिलाथ्व, १२, द्वादशी (३ श्रावण, २०८१) बाँपिझ्याला । चीनको जिगोङ शहरमा एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । सिचुवान प्रान्तको उक्त शहरमा १४ तले भवनमा रहेको शपिङ मलमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको हो ।

आगलागीमा परेर अरु कैयौँ मानिस घाइते भएका छन् भने झण्डै ३० जनालाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।

आगलागीपछि प्रान्तीय अधिकारीले आगलागीको कारण पत्ता लगाउने र भविष्यमा हुन सक्ने यस्ता दुर्घटना रोकथामका लागि आवश्यक काम भइरहेको बताएका छन् । चीनमा आगलागीबाट मानवीय क्षतिका घटना धेरै हुने गरेका छन् ।

गत जनवरीमा दक्षिण–पूर्वी चीनको एक घरमा भएको आगलागीमा ३९ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार