
नेपाल सम्वत् ११४४, दिल्लाथ्वः ३, (२४ असार, २०८१) सोमबार, बाँपिझ्याला । आज असार २४ गते सोमबारका दिन भीमेश्वर मन्दिर परिसर कालिमन्दिर क्षेत्रमा कर्मचारी मिलन केन्द्र दोलखाको आयोजनामा बृक्षारोपण कार्य सम्पन्न भएको छ ।
यस कार्यमा जिल्ला डिभिजन बन कार्यालय, दोलखा, नेपाली सेना गरुड दल गणको सहयोग र सहभागीता रहेको थियो । दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिको समन्वयमा बृक्षारोपन कार्य सम्पन्न भएको छ भनी गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठले बताउनु भयो ।

बृक्षारोपणमा रुद्राक्षको विरुवा ४२ ओटा, देउदाराको विरुवा २ ओटा र बेल पत्रको विरुवा २ ओटा गरी जम्मा ४६ ओटा विरुवा बृक्षारोपन गरिएको छ भनी अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
दोलखा जिल्ला न्यायाधिश माननिय माधव प्रसाद सुवेदीज्यू, प्रमुख जिल्ला अधिकारी टुकराज पोखरेलज्यू र जिल्ला डिभिजन बन अधिकृत कृष्ण प्रसाद न्यौपानेज्यूको हातबाट स्थानिय पुरोहित काशिनाथ सापकोटाको उपस्थितीमा बृक्षारोपण कार्य शुभारम्भ गरिएको थियो ।


उक्त वृक्षारोपन कार्यक्रममा कर्मचारी मिलन केन्द्रका पदाधिकारीहरु, भीमेश्वर नगरपालिका वडा न २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ, दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिका कार्य समिति पदाधिरी तथा सदस्यज्यूहरुको सहभागीता रहेको थियो ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij