Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

चर्चित पाकिस्तानी सेलिब्रेटी डा.एलिया सोयव फिचर्ड माया बस्यो (भिडियो)

चर्चित पाकिस्तानी सेलिब्रेटी डा.एलिया सोयव फिचर्ड माया बस्यो (भिडियो)

११४४ तछलाथ्वः ११, सोमबार (३ अषाढ, २०८१) बाँपिझ्याला । गायक सुरेश लामाको सुमधुर स्वरमा सजिएको ुमाया बस्यो बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा प्रेम र आकर्षणको भावानालाई व्यक्त गरिएको यस गीतमा शब्द र संगीत डा. एलिया सोयव र सुरेश लामाको रहेको छ। गीतलाई रिकेश गुरुङले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा एलिया र सुरेशको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। भिडियोमा पवन सुस्लिङको छायाँकन र सम्पादन रहेको छ। निर्मल कुमार लामा (बिजी) को निर्देशनमा भिडियो तयार पारिएको हो।

भिडियो गायक लामाको युट्युव च्यानल सुरेश लामा मार्फत सार्वजनिक भएको हो। भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। यो समाचार तयार पार्दा सम्म भिडियोलाई २ लाख बढी दर्शकले हेरेका छन् भने भिडियोमा २० हजार लाइक्स र १४ हजार बढी कमेन्ट प्राप्त भएको छ।

डा. एलिया सोयव चर्चित पाकिस्तानी टिकटकर तथा मोडेल हुन् । टिकटकमा एक करोड १५ लाख फलोअर्स रहेकी एलियाको स्न्यापच्याटमा एक करोड ५० लाख, इन्टाग्राममा ५ लाख, युट्युवमा एक लाख सस्क्राइबर रहेका छन् । उनी गायक सुरेश लामाको टिकटक जोडीको रुपमा नेपाली फ्यानहरुमाझ पनि अति नै लोकप्रिय छिन् ।

अलरेस फ्यामेली टिकटक जगतकै बलियो र सृजनशील परिवारको रुपमा चिनिन्छ । डा। एलिया नेपाल र नेपालीलाई मनैदेखि माया गर्छिन्। माया बस्यो म्युजिक भिडियोलाई हेरेर, सुनेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह सहित अनुरोध गरेका छन्।

https://youtu.be/jsq_PPEDdVU

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार