
११४४ तछलाथ्वः ११, सोमबार (३ अषाढ, २०८१) बाँपिझ्याला । दोलखाका स्थानिय पसल व्यवसायी आम्दानी बृद्धिका लागि बाटेको धुपमा आकर्षण हुर्दै उक्त कार्यमा लागेका छन् । साक्षात भगवान दोलखा भिमेश्वरमा सिन्का धुप बाल्न बन्द गरेपछी उक्त कार्यमा स्थानिय वासिन्दाहरु आकर्षित भएका छन् ।



भीेमेश्वर नगरपालीका वडा नं. २ निवासि सरस्वती नगरकोटी शिवभक्ती आजभन्दा तिनबर्ष अगाडीदेखि यो धुप बाट्ने पेशामा लागेको बताउनु हुन्छ । यसरी तिनवर्ष अगाडीदेखि यो धुप बाट्ने पेशामा लागेको भएतापनी बिक्रि वितरणमा समस्या थियो ।

तर दोलखामा भीमेश्वर गुठी व्यवस्थापन समितीले मन्दिरमा गत फागुण ८ गतेदेखि सिन्का धुप बाल्न बन्द गरेपछी बाटेको धुपको बिक्रि वितरणमा बृद्धि भएको बताउनु हुन्छ । यसरी विक्री वितरणमा बृद्धि भएपछी छोरी सोनिया र सोफियाले पनी सहकार्य गर्दै उत्पादन कार्यमा सहयोग पु¥याएको उहाँको भनाई रहेको छ ।

यसै गरी भीमेश्वर नगरपालीका वडा नं. २ भीमसेनथान निवासी फुल पसल व्यवसायी सुरज श्रेष्ठ, शान्ती श्रेष्ठ, लिष्टोल निवासी शुसिला श्रेष्ठ, स्वयम्भुथान बजार निवासी विश्वम्वर श्रेष्ठ र सावित्री श्रेष्ठको पनी यस्तै भनाईरहेको पाईन्छ ।

अव यसरी फुल व्यवसायीहरुको व्यवस्थापनको लागि अर्को के ब्यवस्था गरिन्र्दै छ भनी सोधीएको प्रश्नमा भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठसँग सम्पर्क गर्दा उहाँको भनाई, भीमेश्वर गुठी व्यवस्थापन समितीले फुल व्यवसायीहरुको सुविधालाइ ध्यानमा राखी पसल कवल निर्माण कार्य शुरु भईरहेको छ । अव यस निर्माण कार्य अन्तिम चरणमा पुगी सकेको र श्रावण १ गतेदेखि व्यवसायीहरुलाई भाडामा उपलब्ध गराउने प्रयास गरिरहेको बताउनुु भयो ।




केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij