Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखा भीमेश्वरको भेटी ४ लाख १८ हजार ८ शय पैसठ्ठी संकलन

दोलखा भीमेश्वरको भेटी ४ लाख १८ हजार ८ शय पैसठ्ठी संकलन

११४४ तछलाथ्वः ८, शुक्रबार (३२ जेठ, २०८१) शुक्रवार, बाँपिझ्याला । दोलखा भीमेश्वरको भेटी ४ लाख १८ हजार ८ शय पैसठ्ठी संकलन भएको छ ।

गत बैशाख २५ गतेदेखि आज जेठ ३२ गतेसम्म दोलखा भिमेश्वरमा दर्शन गर्न आउनु भएका भक्तजनबाट दोलखा भीमेश्वरको नाममा चढाएको सहयोग रकम दुईवटा चन्दा बाकसमा प्राप्त भएको छ ।

यसरी प्राप्त भएको जानकारी सहीत आज एक प्रेश विज्ञप्ती मार्फत उक्त भेटी संकलन सार्वजनिक गरिएको छ भनी कोषाध्यक्ष सुरेश श्रेष्ठले बाँपिझ्याला डटकमलाई बताउनु भयो ।

यसै गरी उक्त भेटी संकलन चन्दा रकम गणना गर्दा भीमेश्वर व्यवस्थापन समितीेको तर्फबाट उपाध्यक्ष विराजमान श्रेष्ठ, कोषाध्यक्ष शुरेशकुमार श्रेष्ठ, नेपाली सेना गरुड दल, सशस्त्र प्रहरी बल चरिकोट, ईलाका प्रहरी कार्यालय भिमेश्वरको प्रतिनिधीको रोहवर तथा स्थानिय र कर्मचारीहरुको सहयोगमा गणना गरिएको कोषाध्यक्ष श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार