
११४४ तछलाथ्वः ५, पञ्चमी, मंगलबार (२९ जेठ, २०८१) बाँपिझ्याला । साक्षात भगवान दोलखा भीमेश्वरमा कलात्मक धारा निर्माण गरिएको छ । भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनु हुने भक्तजन महानुभावहरुलाई हात धोइ सरसफाईका साथ भगवानको दर्शन गर्न यो कलात्मक धाराको निर्माण गरिएको छ भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठले बाँपिझ्याला डटकमलाई बताउनु भयो ।

यसै गरी भगवान भिमेश्वरको नाममा भक्तजन महानुभावहरुले चढाएको घण्टी छिट्ट दोलखा शहरमा व्यवस्थापनका साथ राख्ने भएको छ । मन्दिरमा चढाएको घण्टी छरिएर रहेको अवस्थामा र भक्तजन महानुभावहरुले जहाँ पायो त्यही घण्टी झुण्ड्याउने कार्यले मन्दिरको स्वरुप सरसफाईको दृष्टिकोणले विग्रन्र्दै गएकोले घण्टी व्यवस्थापन गर्ने तयारी गरि रहेको व्यवस्थापन समितीका उपाध्यक्ष एवं निवर्तमान वडा नं. २ का अध्यक्ष युवा समाजसेवी विराजमान श्रेष्ठले बताउनु भयो ।


यसरी व्यवस्थापनको घण्टी व्यवस्थापन गर्ने सिलसिलामा दोलखा शहर प्रवेशद्वार पाखलतीदेखि भीमेश्वर मन्दिरमा घण्टी राख्ने र त्यसपछी विस्तारै भीमेश्वर मन्दिर–त्रिपुरासुन्दरी–बनारसी–चम्पूजा राखीने लक्ष्य रहेको समेत उपाध्यक्ष विराजमान श्रेष्ठले बताउनु भयो ।



केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij