
२४ जेठ, बाँपीझ्याला, काठमाण्डौँ ।प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले समय चिन्न नसकेसम्म आदिवासी चलचित्रलाई विश्वसामु लैजान नसकिने बताएकी छन् । उनले समयानुसार चलचित्रमा काम गर्नुपर्ने बताएकी हुन् ।
चौथो नेपाल आदवासी जनजाति चलचित्र महोत्सवको अवसरमा काठमाडौंमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले नेपालीहरू काम ढिलासुस्ती गर्छन् भन्ने उखान कोट्याउँदै आदिवासी जाति कामहरू बिस्तारै गर्ने किसिमको रहेको भन्दै समयानुसार काम गर्न सिक्नुपर्ने बताइन् ।

‘आदिवासी चलचित्र महोत्सव मनाइराख्दा म के भन्न चाहन्छु भने यो जलवायु परिवर्तनको विषयमा पनि आदिवासी जनजातिसँग जोडेर चलचित्र बनाउनुपर्छ । अहिले पर्खने बेला छैन । एक्सन लिनुपर्छ । आदिवासी जाति बिस्तारै गर्छौं, तर समयानुसार हामी परिवर्तन गर्नुपर्छ,' उपसभामुख रानाले भनिन्, 'हामी नेपाली ढिला छौँ, त्यसमा आदिवासी जनजाति त एकदमै ढिला छौँ । पहिलो हामीले समयलाई चिन्नुपर्छ । समयलाई चिन्न नसकेसम्म आदिवासी चलचित्रलाई विश्वसामु लैजान सक्नुहुन्न । विश्वमा प्रसिद्धि कमाउने हो भने आदिवासी जनजातिको संस्कृति र सभ्यता विश्वमा चिनाउने भए समय चिन्न सक्नुपर्छ ।’
अभिनेता दयाहाङ राईले चलचित्रभित्र भन्ने कुरा आफैँभित्र भएका कथा भएको बताए । उनले आफैँभित्र कथाहरु धेरै रहेको र त्यसलाई फरक-फरक तरिकाबाट बुझिने बताए । उनले समाज र आफूलाई कसरी बुझ्दा रहेछौँ भन्नेकुरा चलचित्रमा भनिने बताए । अहिलेको बजारमा चलचित्र स्थापित नगरी कुनैपनि कुरा परिवर्तन नहुने उनको भनाइ थियो । आदिवासी जनजातिहरूको मूल्य मान्यता बोकेको चलचित्र नै अहिलेको मुलधारमा बगिरहेको उनको भनाइ थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij