
१४ जेठ, बाँपिझ्याला, काठमाण्डौं । कलाकार बिराज बास्कोटाको बेजोड अभिनय समेटिएको म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक गरिएको छ । काठमाडौँको मध्यबानेश्वरस्थित घराना लन्ज एण्ड बारमा एक पत्रकार सम्मेलन आयोजना गरी उक्त म्युजिकल पोइट्री सार्वजानिक गरिएको हो । निकै मार्मिक र मनमोहक शब्द मिश्रित पोइट्रीले मानिसको जीवन संघर्षलाई चित्रित गरेको छ ।

थिएटर नाटकमा अब्बल बास्कोटाले यस पोइट्रीलाई राम्रो न्याय गरेको देखिन्छ । विभिन्न टेलिश्रृंखला तथा दुई दर्जन बढी म्युजिक भिडिओमा आफ्नो कला प्रस्तुत गरिसकेका उनको ‘कालो प्रकाश’ पहिलो म्युजिकल पोइट्री हो । 'नेपालमै पहिलोपटक हामीले फरक तरिकाले गरेका छौ । मैले अभिनयमा बेस्ट दिन कोसिस गरेको छु र दर्शकले मन पराउनेमा विश्वस्त छु ।' कलाकार बास्कोटाले भने ।
पोईट्रीलाई राज शेर्माले लेखन तथा निर्देशन गरेका छन् भने उनकै आवाजमा भरिएको छ । बिषम आचार्यको संगीतमा निर्माण भएको उक्त पोइट्रीमा कलाकार उत्तम केसी नेपाल, रश्मी पाण्डे, जेसिका पोख्रेल, सबृना क्षेत्री, एलिना थपलिया लगायतको अभिनय रहेको छ । भिडिओको छायांकन योगेश दाहालले गरेका छन् भने श्रृङ्गार बिक्रम गौतमको रहेको छ ।

कलाकारितामा लागेको मानिसको सफलता असफलताको निश्चित नहुने वा जीवनको गोरेटोबारे स्पष्ट नहुने तर संघर्ष धेरै हुने विषयलाई पोइट्रीमा निर्देशकले देखाउन खोजेका छन् । यद्यपी, अन्तिममा पोइट्रीले आशाको किरण पनि प्रदान गरेको छ । अभिनय, शब्द र म्युजिकको अनुपम मिश्रणले नयाँ स्वाद प्रदान गरेको भन्दै प्रशंसा भइरहेको छ । पोइट्री ओएसआर डीजीटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij