
४ जेठ, बाँपिझ्याला, काठमाण्डौं । लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत ‘महँगो भयो तिम्रो माया’ सार्वजनिक भएको छ । गीतकार जि.एम.दिपु देपेन्द्रको रचना रहेको गीतमा राजकुमार वगरको संगीत र कमल सौगातको एरेन्ज रहेको छ ।
‘दिल रोएको बेला’, ‘तिम्रो मेरो दिलको बास’जस्ता म्युजिक भिडियोमा नायिका शिल्पा पोखरेलसँग अभिनय गरेर व्यापक चर्चा कमाइसकेका कलाकार अनुपजंग थापा विचित्रले ‘महँगो भयो तिम्रो माया’मा अभिनय गरेका छन् । उनलाई नायिका सोनी बिसीले साथ दिएकी छन् भने बाल कलाकार आराध्य आरएल डीसीको अभिनयले आँखा रसाउँछ ।

मुकेश हुमागाईंको छायाँकन रहेको म्युजिक भिडियोमा रोजिना श्रेष्ठको मेकअप रहेको छ भने मीन रावलको सम्पादन/कलर तथा राहुल बराइलीको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका छन् । निर्देशक रुपाखेतीले दर्शकले म्युजिक भिडियो रुचाउनेमा आफू आशावादी रहेको बताए ।


केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij