


४ जेठ, बाँपिझ्याला, दोलखा । दोलखा सदरमुकाम चरिकोट स्थित कालिञ्चोक होस्टेलमा बसेर अध्ययन गर्दै आएकी एक किशोरी ९ महिनादेखि गर्भवती रहेको पाईएको छ । भीमेश्वर नगरपालिकाकी १९ वर्षिय मसली (नाम परिवर्तन) को पेटमा ९ महिनादेखि गर्भ रहेको र अप्रेसन गरी निकालिएको बच्चाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कक्षा १२ को परीक्षा सकेर केही दिन अघि घर गएकी उनलाई रक्तश्राव भएपछि उपचारका लागि दोलखा स्थित धुलिखेल अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा चोकजाँचको क्रममा किशोरीको पेटमा ९ महिनादेखि गर्भवती रहेको पाईएको थियो । बच्चाले पेटभित्र दिशा खाएकोले चिकित्सकको सल्लाह अनुसार अप्रेसन गरी बच्चा निकालिएको थियो ।

नवजात शिशुको अप्रेसन लगत्तै मृत्यु भएको अस्पतालले जनाएको छ । सुत्केरीको भने आईसीयुमा राखेर उपचार भैरहेको छ । उनी अबिवाहित रहेको र घट्नाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।



केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij