
दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ टँसिचाबाली दोलखा स्थित दिवंगत बा कृष्ण बहादुर श्रेष्ठ (माराङसाईला) तथा दिवंगत आमा गंगा श्रेष्ठकी आयुष्मती सुपुत्री श्रीमती सुनीता श्रेष्ठ प्रधानको जन्म २०३६ साल माघ १५ गते भएको हो ।
तत्कालिन राजकुलेश्वर प्राथमिक विद्यालय तल्लो टोल दोलखामा कक्षा ५ सम्म अध्ययन पुरा गर्नु भएको छ ।

वि.सं. २०५२ साल माघ १५ गते हेटौडा उपमहानगरपालीका वडा नं. २ विजयपथ निवासी बा मिन बहादुर प्रधान र मा दिलमाया प्रधानको आयुष्मान जेष्ठ सुपुत्र रमेश प्रधानसँग बैबाहिक बन्धनमा गाँसिन्नु भएका सुनीता श्रेष्ठ प्रधानको तिन छोरा हुनु हुन्छ ।
यी हुन तिन छोरा जेठा युरेन प्रधान, माईला युसेस प्रधान र कान्छा छोरा युसान प्रधान हुनु हुन्छ । यसरी जेठा छोरा युरेन प्रधानले बाणिज्य शास्त्रमा स्नातक पास गर्नु भएको छ ।

माईला छोरा युसेस प्रधानल् १२ पास गरी कुक तालिम प्राप्त गरी विदेश जाने तयारीमा रहेको छ भने कान्छा छोरा युसान प्रधान अहिले १२ कक्षामा पढ्र्दै गरेको उहाँले बताउनु हुन्छ ।

कर्म घर हेटौडा भएपनि जन्म घर दोलखा भएकोमा आफुले गौरव गर्दै भन्नु हुन्छ । त्यहीको माटो र पाटोको जहाँकहि भएपनी सम्झना आउने रहेछ ।
यसमाथी साक्षात भगवानले वास गरेको दोलखा शहरको आफ्नै मौलिक पहिचान रहेको बताउनु हुन्छ । अहिले आफु गृहस्थी जिवन विताएर घरको व्यवहार चलाउर्दै आएकोमा गर्व गर्दै खुसी व्यक्त गर्नु हुन्छ ।
अन्तमा, दाईनाप खँ लाई दयकु खुसी लगई जुर ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij