
निरु प्रधान श्रेष्ठ
दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ गुर्कोट टोल निवासी बाजे दिवंगत जितनाराण प्रधान तथा बजै दिवंगत डिल्लीमायाँ प्रधानको नातीनी बा टिकानारायण प्रधान र आमा रेखा प्रधान (रामदेवी) को कोखबाट वि.सं. २०३७ सालमा दोलखा तारीगाउँमा जन्म भएकी साईली छोरी निरु प्रधान श्रेष्ठ हुन ।

कक्षा १ देखि ५ सम्म राजकुलेश्वर आधारभुत विद्यालय तल्लोटोल दोलखामा अध्ययन गरेकी त्यसपछी कक्षा ६ देखि १० कक्षासम्म भीम माध्यमिक विद्यालय सुन्टोपर दोलखामा माध्यमिक तहसम्मको अध्ययन पुरा गरी एस.एल.सी.पास गर्नु भएकी हुन निरु ।
गौरीशंकर क्याम्पस चरिकोटबाट आई.ए. पास गरी पिपुल्स क्याम्पस पकनाजोलबाट स्नातक तह पास गरी पद्म कन्या कलेज बागबजारबाट समाजशास्त्रमा स्नातकोत्तर पास गर्नु भएको छ ।

वि.सं. २०६४ साल माघ १० गते काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालीका वडा नं. १६ म्हेपि निवासी समाजसेवी बा पूर्णमान श्रेष्ठ र आमा नानीमैया श्रेष्ठको आयुष्मान सुपुत्र अनुप श्रेष्ठसँग बैबाहिक जिवनमा बाँधिन्नु भएकी श्रेष्ठको एक छोरा अभ्यूदय श्रेष्ठ छन् ।

डेनिस रेडक्रस काठमाण्डौंमा कार्यक्रम संयोजकमा कार्यरत हुनु हुन्छ । हालसम्म श्रेष्ठ नेपाल भरीका ३१ जिल्लाभन्दा बढी जिल्ला पुगी सकेका छन् भने १० वटा देशभन्दा बढी देश भ्रमण गरी सक्नु भएका छन् । उहाँले नेपाल रेडक्रसमा बिभिन्न पदमा बसेर काम गरेको १८ बर्ष भएको बताउनु हुन्छ ।
आफ्नो समकालिन साथीहरु मिलेर संचालनमा ल्याएको साथी कल्याणकारीमा आवद्ध श्रेष्ठ भर्खरमात्र सम्पन्न जुजु बाजे मेहरमान प्रधानको नाममा संचालनमा आएको संस्था मेहरमान फाउण्डेशनको कार्यसमिती सदस्यमा चयन हुनु भएका छिन् ।
साथी कल्याणकारीको हस्ती सदस्यहरुमध्ये एक मानिन्नु हुन्छ ।

दोलखाको नेपाल (नेवारी) भाषा, संस्कृती र परम्परामा आफ्नै मौलिकता रहेकोले यसको छुट्टै महत्व र पहिचान रहनुमा आफुलाई गौरवावित गर्नु हुन्छ । यसै गरी दोलखा शहरको धार्मीक महत्वका विषय भाषा, संस्कृती, परम्परा, चाडपर्व र यहाँको वस्तीको बारेमा गहिरिएर अध्ययन गर्नु पर्ने उहाँको भनाई रहेको छ ।

जुन कुराले दोलखावासी नेवार जाती अनी दोलखा शहरको बारेमा हामी जो कोहीलाई सजिलै परिचय दिन भोलीका दिनमा सहयोग पुग्नेमा आफु विश्वस्त हुनु हुन्छ । यसको लागि स्थानिय निकायको सक्रियता र पहलमा विज्ञहरुसंगको सहकार्यमा अध्ययन शुरु गर्नु पर्छ भन्ने भनाई उहाँको रहेको छ ।

साथीसंगी संगै अति मिलनसार निरु जन्मघर दोलखा आफ्नो माईतीघर भएर हाल काठमाण्डौं म्हेपीमा कर्मघर बनाएर बसेपछी दोलखामा बाल्यकालमा विताएको क्षणको सस्मरणलाई उर्जाघर गर्नको लागि साथी साथी मिलेर साथि कल्याणकारी समूह बनाएको उक्त संस्थाबाट दोलखाका सामाजिक क्षेत्रमा क्रियाशिल रहने बताउनु हुन्छ ।
साथि कल्याणकारीमा एक आपसमा मिलेर मनोरञ्जन गर्ने, सदस्यहरु विच आपसी सहयोग सद्भाव कायम गरी अगाडी बढी रहेको बताउनु हुन्छ । जसले बाल्यकालका साथीसंगीहरुसंगको मेललाई अझ मजबुत बनाउनेमा आफ्नो विश्वास रहेको बताउनु हुन्छ ।

यसै गरी आफ्नो जुजु बाजे मेहरमान प्रधानको नामबाट स्थापना भएको संस्था मेहरमान फाउण्डेशनबाट विशेषतः पारिवारीक जम्काभेटलाई मजबुत गराउने र आपसी मेलमिलापलाई प्रभावकारी भूमीका निर्वाह गर्ने ईच्छा भएकोले आफु मेहरमान फाउण्डेशनको कार्यसमिती सदस्यमा आवद्ध भएको बताउनु हुन्छ ।



केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij