Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

बरिष्ठ संस्कृतिविद्, नेपाल प्रतिष्ठानका पूर्व उपकुलपति तथा नेपालऋषि डा. जगमान गुरुङ दोलखामा

बरिष्ठ संस्कृतिविद्, नेपाल प्रतिष्ठानका पूर्व उपकुलपति तथा नेपालऋषि डा. जगमान गुरुङ दोलखामा

६ फागुण, बाँपिझ्याला, दोलखा । दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिको आयोजनामा भोली २०८० साल फागुण ७ गते सोमबार हुन गईरहेको प्रबचन कार्यक्रममा प्रवचनको लागि प्रमुख अतिथी एवं बरिष्ठ संस्कृतिविद्, नेपाल प्रतिष्ठानका पूर्व उपकुलपति तथा नेपालऋषि डा. जगमान गुरुङज्यु आज दोलखा पुग्नु भएको छ ।

वहाँ संगै बरिष्ठ कलाकार दोलखाका समाजसेवी मदनदास श्रेष्ठ, द्वाल्खा गुठीका पुर्व अध्यक्ष समाजसेवी कृष्ण प्रसाद मास्के, पशुपति विकास कोषका पुर्व कार्यकारी प्रमुख डा. घनश्याम खतिवडा, दोलखा जिल्लाका पूर्व सभापती सुन्दर प्रकास खड्का, भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठ, अधिवक्ता एवं दोलखाका युवा समाजसेवी प्रविण प्रधान र काठमाण्डौंबाट नविन शाही आउनु भएको छ ।

यसै गरी साथीको लागि साथिको पूर्व अध्यक्ष समाजसेवी मनोज चाकुबजी, छिजि द्वाल्खा डोबरका अध्यक्ष रिना चाकुबाजी लगायत अन्य शुभचिन्तकहरु आउनु भएको छ ।

प्रमुख अतिथी बरिष्ठ संस्कृतिविद्, नेपाल प्रतिष्ठानका पूर्व उपकुलपति तथा नेपालऋषि डा. जगमान गुरुङज्यु लगायत आमन्त्रीत अतिथीहरुलाई लालभैरव रिसोटमा भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरत बहादुर श्रेष्ठज्यूको नेतृत्वमा पदाधिकारीहरु उपाध्यक्ष एवं पूर्व अध्यक्ष विराजमान श्रेष्ठ, सचिव राजेन्द्र श्रेष्ठ, कोषाध्यक्ष सुरेश कुमार श्रेष्ठ, पदाधिकारी सदस्यहरु सामाजिक अभियान्ता शान्त कृष्ण श्रेष्ठ, ज्ञानेन्द्र प्रधान र बुद्धिबहादुर आचाजुले स्वागत गर्नु भएको थियो ।

यसै गरी भोली विहान हुन गईरहेको बरिष्ठ संस्कृतिविद्, नेपाल प्रतिष्ठानका पूर्व उपकुलपति तथा नेपालऋषि डा. जगमान गुरुङज्यूबाट दिईने प्रबचन कार्यक्रममा सम्पूर्ण दोलखावासी तथा भक्तजन महानुभावलाई उपस्थितीको लागि व्यवस्थापन समितीका अध्यक्ष भरत श्रेष्ठले उपस्थितीको लागि हार्दिक आमन्ञण सहित अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार