
दोलखा जिल्ला भिमेश्वर नगरपालीका वडा नं. २ तार्थलीमा बा टिका प्रसाद सापकोटा र आमा तिर्थलक्ष्मी सापकोटाको कोखबाट वि.सं. २०२६ साल कार्तिक १८ गते जन्मनु भएका कान्छा छोरा डिल्ली प्रसाद सापकोटा हुन ।

टिका प्रसाद सापकोटाज्यूको जेठा छोरा काशीनाथ सापकोटा, माईला छोरा यज्ञ प्रसाद सापकोटा र कान्छा छोरा डिल्ली प्रसाद सापकोटा हुन । आईए सम्म अध्ययन गर्नु भएका कान्छा छोरा डिल्ली प्रसाद सापकोटा वि.सं. २०४५ सालदेखि दोलखावासीको अवतरणदेखि दिवंगतसम्मको कर्मकाण्डमा लाग्नु भएको हो । पहिलो कर्मकाण्डको प्रवेशको सस्मरण सत्यनारायणको पूजा भएको गर्नु हुन्छ ।

डिल्ली प्रसाद सापकोटा बुबा टिका प्रसाद सापकोटा, धर्मपत्नी र छोराछोरीको साथमा
भीमेश्वर नगरपालीका चरिकोटमा फेन्सी पसलबाट आफ्नो व्यवसाय शुरु गरेको बताउनु हुने डिल्ली प्रसाद सापकोटा दोलखावासी विच डिल्ली बाजेको नामले प्रख्यात हुनु हुन्छ । यसै गरी वि.सं. २०५९ साल अषाढ १७ गते बाग्लुङ सिगाना निवासी विष्णु प्रसाद गौतम र गिता गौतमको कान्छी छोरी रुपा सापकोटासंग बैबाहिक सम्वन्धमा गाँसिन्नु भएका डिल्ली बाजेले दोलखा भित्र र बाहिर बसोबास गर्नु हुने दोलखावासीहरुको पृथ्वीमा अवतरणदेखि दिवंगतसम्मको कर्मकाण्डमा सरिक भएर सहयोग गर्दै आउनु भएको छ ।


डिल्ली प्रसाद सापकोटाज्यूको बुबा टिका प्रसाद सापकोटा र आमा तिर्थलक्ष्मी सापकोटा
तिन सन्तानका पिता डिल्ली प्रसाद सापकोटा हुनु हुन्छ । जुन पहिलो छोरी दिलासा सापकोटा, दोश्रो छोरा दिक्षित सापकोटा र तेश्रो छोरी गगिसा सापकोटा हुनु हुन्छ ।
यस बारेमा वहाँले भन्नु हुन्छ, कर्मकाण्ड हामीले कहिलेदेखि शुरु ग¥यौ त्यो त मेरो बुबालाई पनी थाहा छैन बाजेदेखिकै पाला हुनु पर्छ । तर पहिले पहिले आफुले कर्मकाण्ड नगरेको र गोविन्द बहादुर दाहालज्यूहरुले गर्दै आउनु भएको र पुस्ता हस्तान्तरण, मन्त्र हस्तान्तरण लगायतका बिभिन्न कारणले गर्दा गोविन्द बहादुर दहालज्यूबाट टिका प्रसाद सापकोटाज्यूलाई कर्मकाण्ड हस्तान्तरण भए पश्चात टिका प्रसाद सापकोटा बाजेज्यूले छोराहरुलाई मन्त्र हस्तान्तर गरेको बताउनु हुन्छ ।

तर आफु र जेठो दाजु काशिनाथ सापकोटाले मात्र यो कर्मकाण्डको कार्यलाई निरन्तरता दिएको तर माईला दाजु व्यवसायतिर लागेको बताउनु हुन्छ । कर्मकाण्डमा जति बुबा टिका प्रसाद दाहालज्यूले मन्त्र, विद्या हासिल गरेर कर्मकाण्ड गर्दै आउनु भयो भने बाजे मुक्तीनाथ सापकोटाले सिदा प्रसाद ग्रहण गर्नुभन्दा अन्य कर्मकाण्डको बारेका कार्य नगरिएको बताउनु हुन्छ ।
यसै गरी टिका प्रसाद सापकोटाज्यू बाजेलाई कर्मकाण्ड हस्तान्तर गर्नुभन्दा पहिले न्हेकेन्तलाबाट दोलखा आएर कर्मकाण्ड संचालन गर्दै आउनु भएका नेवार बाजेले तिरो विगोको आधारमा आफुले दोलखामा गर्दै आउनु भएका कर्मकाण्ड गोविन्द बहादुर दाहालज्यूलाई हस्तान्तरण गरिएको हो भनी डिल्लीबाजेले बताउनु भयो ।
कर्मकाण्डमा अवतरणेदेखि दिवंगतसम्मको कार्यलाई निरन्तरता दिन डिल्लीबाजेले उपत्यकावासी दोलखावासीहरुको विचमा रही कार्य गर्दै आउनु भएको छ । जुन कार्यको लागि उपत्यकामा डिल्ली प्रसाद सापकोटाले गर्नु हुन्छ भने दोलखामा काशिनाथ सापकोटा बाजेले गर्दै आउनु भएको छ । अहिले टिका प्रसाद सापकोटा बाजे बर्ष ९१ मा हुनु हुन्छ ।


केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij