
घरलाई आकर्षक बनाउन सुन्दर रंगको प्रयोग गर्नु सामान्य कुरा नै हो । रंगले घरलाई सुन्दर बनाउनुका साथै बलियो पनि बनाउँछ । घाम, पानीबाट हुने क्षतिलाई कम गर्ने काम गर्छ । हामीले आफ्नै बिचारले रंग छानेका हुन्छौं । तर बास्तु अनुसार प्रत्येक रंगले हाम्रो जीवनमा गहिरो प्रभाव पारेको हुन्छौं । जुन कुरामा हामी चनाखो छैनौं ।


नयाँ घरबनाउँदै गर्दा रंग लगाउँदा बास्तु अनुसार लगाउने हो भने घर सुन्दर हुनुका साथै बास्तु पनि मिल्दछ । बास्तु मिलेको घरमा बस्ने ब्यक्तिहरुको स्वास्थ, सम्बृद्धि, शिक्षा, परिवारिक सम्बन्ध असाध्य राम्रो पाइन्छ । सहि समयमा सहि अवसरलाई ग्रहण गर्न सक्ने क्षमता पनि बढ्दछ । उक्त घरमा पंच तत्व संतुलित भई नकरात्मक उर्जाको प्रभाव पनि रहदैन ।

सबैभन्दा पहिला रंगको छनोट गर्नु अघि घरको नक्सालाई हेरेर दिशा पत्ता लगाउनु पर्छ । धेरै जसोले सूर्योदयहुने स्थानलाई पूर्व मानेको हुन्छ । त्यसरी हेरेको आधारमा ठिक पूर्व दिशा पत्ता लाग्दैन । सबभन्दा पहिला उत्तर दिशा पत्ता लागेर मात्र बाँकी कोण पत्ता लगाउनु राम्रो हुन्छ । प्रत्येक दिशाको आफ्नै अर्थ हुन्छ ।
कम्पासले हेरेर घरको नक्सालाई १६ वटा कोणलाई बिभाजन घरी त्यो भित्र ३२ वटा उर्जाको आधारमा बास्तुको संतुलन गरिन्छ । सामान्यतया कोण पत्ता लगाएर निम्न अनुसार रंग लगाउन सकिन्छ ।
उत्तर तिर जलको स्थानहुँदा निलो रंग हुनु आबश्यक हुन्छ । हाम्रो वास्तु निरिक्षणको क्रममा उत्तर दिशामा रातो रंग लगाएको घरमा बस्ने ब्यक्तिहरुको स्वास्थ, दिमागको स्पष्टता, आर्थिक अबस्थामा त्यति संतुलन पाइएन । रातो रंग अग्नी रंग जलको स्थानमा आउनु नै असन्तुलन हुनु हो । यसबाट पंचतत्वको संतुलन नहुँदा जीवनमा प्रभाव पार्नेकुरा बुझ्न सकिन्छ ।

हामीले घरमा कुन कोणमा कस्तो रंगको तस्विर राखेको हुन्छौं त्यसले पनि हाम्रो जीवनमा गहिरो प्रभाव पादर्छ । मृत्यु भइसकेको ब्यक्तिहरुको तस्बिर, देवी देवताहरुको तस्बिर, परिवारको तस्बिर राख्ने पनि बास्तु अनुसार निश्तिच स्थान हुन्छ । यसलाई मिलाएर राख्न सकेमा हामीलाई सहज जीवनको लागि सहयोग गदर्छ ।



धेरै जसोले बास्तु मिलाउन ठूलो जग्गामा घर हुनु पर्ने, बनि सकेको घरलाई मिलाउन सकिदैन भन्ने पनि सोचेको पाइन्छ । तर बास्तु नयाँ, पुरानो, पसल, भाडाको कोठालाई समेत सहजै मिलाउन सकिन्छ । बास्तु हेराउँदा नराम्रो कुरा भनेर डर देखाँउछन् त्यहि भएर नहेराउने भन्ने पनि धेरैको धारणा पाइन्छ । बास्तबमा एक कुशल बास्तुबिदले तर्साउने होइन, पंचतत्वको उर्जालाई संतुलन बनाएर सम्भावनालाई उजागर गर्न सहयोग गर्ने हो ।
आदर्श प्रधान
वास्तुबिद्
होलिष्टिक माइण्ड्स एण्ड लाइफ सेलिब्रेसन सेन्टर
धापासी, काठमाण्डौं
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij