बाँपीझ्याला, काठमाण्डौं । इजरायलमा रहेका नेपालीको उद्धार सुरु भएको छ । नेपाल एयरलाइन्सको विमानबाट बुधबार राति २५४ जना नेपाली काठमाडौं आइपुगेका हुन् । आफ्ना नागरिकको उद्धारका लागि लागि परराष्ट्रमन्त्री एनपी साउदलाई विमान लिएर इजरायल पठाएको थियो ।
नेपालीहरुलाई लिएर काठमाडौं आएपछि सञ्चारकर्मीहरुसँग कुार गर्दै परराष्ट्रमन्त्री साउदले नेपालीहरुको सुरिक्षत राख्न इजरायल सरकार समर्पित पाएको बताए ।
आफूलाई भेट्न इजरायलका विमानमन्त्री आफैं विमानस्थल आए पनि आफू नपुग्दै फर्किनु परेको भन्दै उनले अरु अधिकारीसँग भेट भएको बताए । उनले अघि भने , ‘इजरायल सरकार त्यहाँ भएका नेपाली र अरु विदेशीलाई सुरक्षित राख्न सतर्क र समर्पित पाएको छुु ।’
मन्त्री साउदले इजरायलमा रहेका नेपालीहरुको उद्धारका लागि आवश्यका अनुसार विमान पठाइने बताए । मन्त्रिपरिषद्ले व्यवसायिक फ्लाइटबाट आउनेहरुको टिकट खर्च व्यहार्ने र चार्टर विमान पनि पठाउने निर्णय गरेको भन्दै उनले भने, ‘अन्य जहाजहरु आवश्यकता अनुसार पठाइने छ, यसमा कुनै चिन्ताको विषय छैन । सरकार सगज छ, नेपाली दूतावासलाई निर्देशन गरिसकेको छ ।’
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij