बाँपीझ्याला, काठमाण्डौं । युद्धग्रस्त इजरायलमा रहेका नेपालीहरु लिएर विमान बिहीबार राति स्वदेश फर्किने छ । बिहीबार परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले विमान बिहीबार बिहान साढे तीन बजे इजरायल गइ अपरान्ह अवतरण भएको र अहिले फर्किसकेको बताउनुभएको हो । विमानमा अहिले २५३ जना रहेको र अन्य फर्किन चाहनेहरु व्यवसायिक उडानमार्फत पनि फर्किन सक्ने बताउनुभयो ।
प्रवक्ता लम्सालले छोटो समयमा इजरायलमा रहेका नेपालीहरु फर्काउन सरकार सफल भएको बताउनुभयो । उहाँले विद्यार्थीको उद्धारका लागि मन्त्रालयबाट भए गरेका कार्यहरु हामीले नियमित रुपमा प्रेस विज्ञप्ती ट्विटरमार्फत जानकारी गराइरहेको पनि बताउनुभयो ।
प्रवक्ता लम्सालले इजरायलमा सम्पर्कविहीन अवस्थामा रहेका विपिन जोशीको खोजी कार्य भइरहेको बताउनुभयो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij