बाँपीझ्याला, काठमाण्डौं । भारतको बिहारमा रेल दुर्घटना भएको छ । बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएको पुष्टि भएको छ ।
दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट उछिटि्टएका छन् ।
यो दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र अन्य दुई युवाको मृत्यु भएको पुष्टि भएको बिहार प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरुको अस्पतालमा उपचार जारी छ ।
सकुशल रहेका यात्रुहरुलाई भने अर्को रेल पठाएर गन्तव्यसम्म पुर्याइएको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij