
बाँपीझ्याला, काठमाण्डौं । इजरायलमा कार्यरत नेपाली स्वदेश फर्किन चाहे सरकारले आवश्यक प्रबन्ध गर्ने भएको छ । यस्तै मृत्यु भएका १० जना नेपालीको स्वदेश शव ल्याउन पनि आवश्यक प्रबन्ध गर्ने इजरायलस्थित नेपाली दूतावासले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
शव नेपाल फिर्ता पठाउने प्रक्रियाको लागि राजदूतावासले इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न अनुरोध गरिएको छ ।

दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट १० जना नेपालीहरूको दुःखद निधन भएको र मृतकको नामको सूची छिट्टै सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ । ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको दूतावासको भनाइ छ । साथै, सम्पर्कविहीन रहेका एक जना नेपालीको खोजिकार्य भइरहेको जनाइएको छ ।
दूतावासले नेपाल फर्कन इच्छुक हुने नेपालीहरूको स्वदेश फिर्तीको लागि राजदूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण सङ्कलनको लागि छिट्टै अनलाइन रजिस्ट्रेसनको व्यवस्था गरिने जनाएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij