बाँपीझ्याला, काठमाण्डौं । अल्लु अर्जुन अभिनीत प्रतीक्षित फिल्म ‘पुष्पा २’ १५ अगस्ट २०२४ अर्थात् ३१ साउन २०८१ मा रिलिज हुने भएको छ । निर्माण युनिटले सामाजिक संजाल मार्फत फिल्मको रिलिज मिति घोषणा गरेको हो ।
‘पुष्पा २’ सन् २०२१ मा रिलिज भएको ‘पुष्पा : द राइज’को सिक्वेल हो । ‘पुष्पा’ले दर्शकबाट अपार माया पाएपछि निर्माण युनिटले ‘पुष्पा २’ घोषणा गरेका थिए ।
१५ अगस्ट २०२४ मै अजय देवगण स्टारर प्रतीक्षित फिल्म ‘सिंघम अगेन’ पनि रिलिज हुँदैछ । ‘पुष्पा २’ सुकुमार र ‘सिंघम अगेन’ रोहित शेट्टीले निर्देशन गरेका हुन् ।
‘पुष्पा २’मा अल्लु अर्जुनको अलवा एसपी भंवर सिंह शेखावतको भूमिकामा फहद फासिल र रश्मिका मन्दाना मोलेती श्रीवल्लीको भूमिकामा छिन् । निर्माण युनिटले फिल्ममा रहने रश्मिकाको लुक्स भने अहिलेसम्म सार्वजनिक गरेको छैन ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij