नेपाल सम्वत् ११४६, दिल्लागाः ५ पञ्चमी (१८ साउन, २०८४, ३ अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । नेपाली फिल्म 'गौंथली' ले प्रदर्शनको १७ दिनमै बक्स अफिसमा १३ करोड ६४ लाख ४६ हजार ५३५ रुपैयाँ ग्रस कमाइ गर्दै नयाँ कीर्तिमान कायम गरेको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार साउन १७ गतेसम्म फिल्मका ४ लाख ९४ हजार ९१५ टिकट बिक्री भएका छन्। साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्मले छोटो अवधिमै उल्लेखनीय दर्शक आकर्षित गर्न सफल भएको हो।
'गौंथली' यस वर्षकै सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ। साथै, नेपाली फिल्म इतिहासमा सर्वाधिक कमाइ गर्ने चलचित्रहरूको सूचीमा १२औँ स्थानमा उक्लिएको छ। यसले 'जेरी अन टप' (१२ करोड २८ लाख), 'शत्रु गते' (१२ करोड ६५ लाख) र 'आबाट आमा' (१३ करोड २० लाख) को लाइफटाइम कमाइलाई समेत उछिनेको छ।
कपिल रिजाल निर्देशित फिल्ममा अरूण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्। फिल्मका निर्माता सुमन गिरी र कपिल रिजाल हुन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij