बाँपीझ्याला, काठमाण्डौं । वान–एक्स बेट प्रकरणमा निर्देशकद्वय मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ र राजु पौडेल ‘राजु मास्टर’ पक्राउ परेपछि बन्द भएको टेलिचलचित्र ‘जुठे’ फेरि प्रसारणमा आउने भएको छ । टेलिचलचित्र आज बुधबार साँझबाट फेरि नियमित प्रसारणमा आउन लागेको निर्देशक मरिचमान श्रेष्ठले बताए ।
बुधबार ‘जुठे’को १२० औँ भाग प्रसारण हुनेछ । हिमालय टिभीमा प्रसारण हुने टेलिचलचित्र अबदेखि ओएस आर डिजिटलको युट्युबमा ९ बजे आउनेछ । यसअघि ‘जुठे’ मास्टर युट्युब च्यानलबाट प्रसारण हुने गरेको थियो ।
दर्शकहरुले रुचाएको टेलिचलचित्र आफूले किन्न पाउँदा खुसी लागको ओएस आर डिजिटलका ओम प्रकाश अग्रवालले बताए ।
टेलिचलचित्रमा निर्देशकद्धय श्रेष्ठ र पौडेलको अलावा रवि गिरी, विद्या कार्की, मुकुन्द मैनाली, श्रीप्रसाद थापा, शर्मिला शर्मा, रामबाबु रेग्मी लगायतको पनि रहँदै आएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij