भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा घर भई हाल काठमाण्डौं बुढानिलकण्ठ बस्र्दै आउनु भएका मुक्तीमान राजभण्डारी दिवंगत बुबा पुर्णलाल राजभण्डारी र दिवंगत आमा सन्त कुमारी राजभण्डारीको कान्छा सुपुत्र हुनु हुन्छ । वि.सं. १९८९ साल असोज ४ गते पश्चिम मनाङ जिल्लाको थाकमा जन्मनु भएका राजभण्डारीले वि.सं. २०१३ सालमा पाँचथर यार्सोकका कृष्ण कुमारी प्रधान राजभण्डारीसँग बैबाहिक सम्वन्धमा बाधिन्नु भएको ह
बुबा पूर्णलाल राजभण्डारी जागिरको सिलसिलामा धेरै जसो दोलखामा भन्दा आफ्नो जागिरको कार्यक्षेत्र दोलखाभन्दा बाहिर भएको हुनाले कुनै पनी वहाँको सन्तानहरु दोलखामा जन्म नभई बाहिर जन्म भएको हो । यही क्रममा दिवंगत पूर्णलाल राजभण्डारी र दिवंगत सन्त कुमारी राजभण्डारीको कान्छा सुपुत्र आदरणिय मुक्तीमान राजभण्डारीज्यू पनी पश्चिम थाकमा जन्मनु भएको हो ।
त्रिभुवन विश्व विद्यालयबाट एम.ए, बि.एल. पास गर्नु भएको छ भने ईलाहावाद विश्व विद्यालय यू.पि. भारतबाट वि.ए.पास गर्नु भएका मुक्तीमान राजभण्डारी दोलखा भित्र र बाहिरको सामाजिक क्षेत्रमा चर्चित व्यक्तित्व मध्ये एक हुनु हुन्छ । आफु उमेरले ९१ पुगेको भएतापनी दोलखाको सामाजिक क्षेत्रमा अझै अग्रसर नै हुनु हुन्छ ।
आदरणिय राजभण्डारीका ५ जना छोराछोरी हुनु हुन्छ । जसमा जेठी छोरी डा. साकुरा राजभण्डारी, माईला छोरी अन्नु राजभण्डारी, साईला छोरा नवदिप राजभण्डारी, काईली छोरी नविना राजभण्डारी र कान्छा छोरा डा. हेमाभ राजभण्डारी हुनु हुन्छ । पेशा र व्यवसायले वहाँको छोराछोरीहरु कोही डाक्टर, कोही बिभिन्न क्षेत्रका विशिष्ट विज्ञ भएकोमा आफुले वहाँ गर्व गर्नु हुन्छ ।
समाजसेवी जेष्ठ नागरिक मुक्तीमान राजभण्डारी
सन् १९५९ मा जापानमा ईष्डष्ट्रियल म्यानेजमेन्ट तथा फाईनेन्समा हासिल गर्नु भएको थियो भने सन् १९६६ मा विश्व बैङ्क ई.डि.आई अमेरीकाबाट जनल प्रोजेक्ट तालिम लिनु भएको थियो । त्यसै गरी बासबारी छाला जुत्ता कारखानालाई नाफामा संचालन गरे वापत तत्कालिन राजा विरेन्द्र सरकारबाट प्रवल गोरखा दक्षिणवाहु तक्माबाट बिभूषित हुनु भएको थियो । यसै गरी हेटौडा छाला उद्योग लि. को यन्त्र उपकरण पैठारी गरेको र १८ महिना भित्र विदेशी लगानी भएको उक्त कारखाना संचालनमा योगदान पू¥याए वापत सरकारबाट प्रख्यात त्रिशक्ति पट्ट तक्मा पाउनु भएको थियो ।
राजभण्डारीले आफ्नो जिवनको लामो समय नेपाल औद्योगिक विकास निगम र सो अन्तर्गतका उद्योगहरुमा सेवा गर्नु भएको थियो । सन् १९५८, अप्रिल २५ मा औद्योगिक विकास केन्द्रमा प्रवेश गर्नु भएका राजभण्डारीले वि.सं. २०१६ सालमा स्थापना भएको नेपाल औद्योगिक विकास निगमका बिभिन्न विभागमा प्रमुख रही काम गर्नुका साथै हेटौडा औद्योगिक क्षेत्रका व्यवस्थापक समेत बन्नु भएको थियो ।
यसै गरी सन् १९६० मा राष्ट्रिय बीमा संस्थानको नायव महाप्रवन्धक तथा का.मु.महाप्रवन्धक, सन् १९७६ डिसेम्वरमा बाँसबारी छाला जुत्ता उद्योगको कार्यकारी अध्यक्ष तथा महाप्रवन्धक पनी हुनु भयो । यसै गरी मुक्तिमान राजभण्डारी सरकारी संघ–संस्थाहरुमा मात्र सिमित नरही निजि क्षेत्रको बिभिन्न संघ–संस्था र उद्योगहरुमा आवद्ध हुनु हुन्थ्यौ । यसरी नेपाल वेत तथा बाँस उद्योग, धरान ईलेक्ट्रीक कम्पनी, टिम्वर कर्पोरेशन अफ नेपाल लि., जोर गणेश प्रेश, बीमा समिती, नेपाल आयल नियम, काचो छाला संकलन तथा विकास लि., फेरेशन अफ नेपाली चेम्वर अफ कमर्स एण्ड ईण्डिष्ट्रीजको संचालकको भएको थियो । यसको अलावा नेपाल साँस्कृतिक संघ, इलाहावाद–भारतको महासचिव तथा नेपाल आर्थिक संघ काठमाण्डौंको कार्यकारी सदस्य हुनु भएको थियो ।
यसै गरी फिलिपिन्सको राजधानी मनिलामा सन् १९६९ मा सम्पन्न भएको एसिएन विकास बैक्स चौथो सम्मेलन तथा ढाकाको बगलादेशमा सन् १९८० मा सम्पन्न भएको ईण्डष्ट्री वर्कशप फर दि लेदर तथा गुडस्मा सहभागी भई भाग लिनु भएको थियो ।
दोलखामा मुक्तीमान राजभण्डारी :
मुक्तीमान राजभण्डारीको समाजसेवा पनी त्यतिकै उल्लेखनिय योगदान रहेको छ । वहाँ द्वाल्खा गुठीको पूर्व अध्यक्ष हुनु हुन्छ । वहाँ नेपाल छारेरोग संघको संस्थापक आजिवन सदस्य र पूर्व महासचिव, विकलाङ्ग मित्र समुहको संस्थापक आजिवन सदस्य र पुर्व महासचिव हुँदा बनेपा स्थित अपाङ्ग बाल अस्पतालको निर्माणमा महत्वपूर्ण योगदान रहेको छ ।
यसै गरी हालसम्म राजभण्डारी बिभिन्न पदमा रही सामाजिक सेवा गर्दै आउनु भएको साथै लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रीट ३१५ए को डिस्ट्रीक चेयरम्यान, नेशनल साईटफस्र्ट समिति, जोन चेयरम्यान, रिजन चियरमेय र सल्लाहकार भई काम गर्दै आउनु भएको छ । हाल वहाँ आफ्नो सपना साकार पार्न दोलखा लायन्स आँखा अस्पताल (दोलखा लायन्स आई केयर सेन्टर) निर्माण कार्य सम्पन्न गर्नका लागि लागि पर्नु भएको छ ।
यसै गरी दोलखा शहरको वरिपरी बृक्षारोपण गराउनुमा स्वयमसेवकको रुपमा आफुले योगदान दिनु भएको छ । श्री भिमेश्वर मन्दिर जिर्नोद्धार तथा सुधार समितिको सदस्य तथा अर्थ संकलन उप–समितिको संयोजक भई आफुले उल्लेखनिय योगदान दिनु भएको छ । साथै श्री कालि मन्दिरको पुनः निर्माणको लागि पनी अर्थ संकलनमा सहभागी भई सहयोग गर्नु भएको छ ।
दिवंगत पिता पूर्णलाल राजभण्डारी, दिवंगत माता सन्तकुमारी राजभण्डारी, दिवंगत माता सन्तलक्ष्मी राजभण्डारीको संस्मरणमा “पूर्ण–सन्त छात्रवास” नामाकरण गरी पुनः निर्माण पश्चात गत बैशाख १, २०८० मा भीम माध्यमिक विद्यालयलाई हस्तान्तरण गर्नु भएको छ । यो छात्रवास हस्तान्तरलाई वहाँले आफ्नो जेष्ठ नागरिकपन महत्वपूर्ण सामाजिक कार्य मध्ये विशेष कार्यको रुपमा लिनु भएको छ ।
राजभण्डारी विदेश भ्रमणः
राजभण्डारीले श्रीलंका, भारत, बंगलादेश, म्यानमार, थाईल्याण्ड, चिन, हङकङ, सिंगापुर, मलेसिया, फिलिपिन्स, दक्षिण कोरीया, जापान, संयुक्त राज्य अमेरीका, क्यानडा, बेलायत, होल्याण्ड, जर्मनी फ्रान्स, स्वीजरल्याण्ड, ईटली, लक्जम्वर्ग, बेल्जियम, यू.ए.ई. भियनाम, दुवई, कतार, दोहा र अष्ट्रिया आदी देशको भ्रमण गरि सक्नु भएको छ ।
राजभण्डारी धर्ममा आस्था :
विगत ४६ बर्षदेखि भगवान श्री रजनीस ओसोको शिष्यको रुपमा ओशो चेतना ध्यान तथा पोखरामा ओशो आश्रम संचालन गर्दै आउनु भएको छ ।
हाम्रो आग्रह,
बाँपीझ्याला मिडियाको संयोजनमा संचालनमा आईरहेको यो बाँपीझ्याला डटकम अनलाईनमा पत्रिकामा हामीले विशेषतः जेष्ठ नागरिकहरुले आफु युवा हुँदादेखि हालसम्मका गरेका सामाजिक क्रियाकलापहरु समेट्ने उद्देश्यले एक स्तम्भ राख्दै आएका छौं । जुन यहाँहरुलाई थाहा भएकै होला । यहाँको घर परिवारमा जेष्ठ नागरिक मध्येका कोही समाजसेवी सदस्यहरु हुनु हुन्छ भने हामीलाई वहाँको विवरण उपलब्ध गराई दिनु वा हामीलाई सम्पर्क गरि दिनु हुन पनी विशेष अनुरोधका साथ आग्रह गर्दछौं । जय दोलखा, जय भीमसेन, जय बाँपीझ्याला ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij