Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

दोलखावासीको कर्मकाण्डका बरिष्ठ पुरोहित गुरु टिकाप्रसाद सापकोटा (टिका प्रसाद बाजे)

दोलखावासीको कर्मकाण्डका बरिष्ठ पुरोहित गुरु टिकाप्रसाद सापकोटा (टिका प्रसाद बाजे)

वि.सं. १९९० मा जन्मनु भएका बरिष्ठ पुरोहित गुरु टिका प्रसाद सापकोटाज्यूले कर्मकाण्ड सम्वन्धी अध्ययन गर्नु भएको छ । कर्मकाण्डको कार्य आफु ११ बर्ष हुँदादेखि शुरु गर्नु भएको स्मरण गर्नु हुन्छ ।

दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. ३ तारथिली निवासी दिवंगत बा मुक्तीनाथ सापकोटा तथा दिवंगत आमा पदमकुमारी सापकोटाकी आयुष्मान छोरा दोलखावासीका कर्मकाण्डका बरिष्ठ गुरु टिका प्रसाद सापकोटा हुन । वि.सं. १९९० मा जन्मनु भएका बरिष्ठ पुरोहित गुरु टिका प्रसाद सापकोटाज्यूले कर्मकाण्ड सम्वन्धी अध्ययन गर्नु भएको छ । कर्मकाण्डको कार्य आफु ११ बर्ष हुँदादेखि शुरु गर्नु भएको स्मरण गर्नु हुन्छ ।

आफु १९ बर्षको लक्का जवान भएको बेला दोलखा जिल्ला काटाकुटी निवासी दिवंगत पदम बहादुर दहाल तथा पदमकुमारी दहालकी जेठी छोरी तिर्थलक्ष्मी सापकोटासँग दाम्पत्य जिवनमा बाँधिन्नु भएको हो । बरिष्ठ गुरु सापकोटाज्यूको ३ छोराहरु हुनु हुन्छ । जसमा जेठा छोरा काशीनाथ सापकोटा, माईला छोरा यज्ञप्रसाद सापकोटा र कान्छा छोरा डिल्ली प्रसाद सापकोटा हुन् ।
यसै गरी दुई छोरी हुनु हुुन्छ । जसमा जेठी छोरी दुर्गा सापकोटा घिमिरे र कान्छी छोरी रविना सापकोटा घिमिरे हुन ।

दोलखावासीको घरपरिवारको कर्मकाण्ड लगायत अन्य कार्यहरु गर्न अझै हिडेर नै दोलखा पुग्नु हुन्छ ।

अहिले बरिष्ठ गुरु सापकोटाज्यू बर्ष ९१ मा हुनुहुन्छ । तरपनी वहाँले कर्मकाण्ड गर्न छोड्नु भएको छैन । विशेषतः दोलखावासीको घरपरिवारको कर्मकाण्ड लगायत अन्य कार्यहरु गर्न अझै हिडेर नै दोलखा पुग्नु हुन्छ । तर अहिले यातायातको सुविधा भएको कारणले कहिलेकाही सार्वजनिक गाडी चढ्ने गरेको र धेरै जसो दोलखावासीले घरसम्म लिन आउने र पू¥याई दिने पनी उहाँले बताउनु भयो ।

यसरी सजिलै दोलखा आवत जावत गर्नु उहाँसंग अझै युवापनको विशेषता छ भनी परिवारका सदस्य कान्छा छोरा डिल्ली प्रसाद सापकोटाको भनाई रहेको छ । यसै गरी तिन छोरामा जेठा छोरा काशिनाथ सापकोटा र कान्छा छोरा डिल्ली प्रसाद सापकोटा कर्मकाण्डमा लागी आउनु भएको छ । माईला छोरा यज्ञप्रसाद सापकोटा व्यवसाय गर्नै आउनु भएको छ ।

बरिष्ठ गुरु सापकोटाज्यूले कर्मकाण्ड बाहेक बच्चाहरुको न्वारानमा नाम राख्ने कार्यदेखि चिना लेख्ने काम समेत गर्दै आउनु भएको छ । यसरी चिना लेख्ने कार्य अहिले छोराहरुले पनी लेख्ने गरेको र त्यसमा विशेष सहयोग र सहभागीता आफ्नो पनी रहेको समेत उहाँले बताउनु भयो ।

अहिले उहाँ बर्ष ९१ मा उकालो लाग्र्दै हुनु हुन्छ । तर पनी उहाँको नित्य कार्यहरु पहिले जस्तै रहेको छ । अहिले पनी कर्मकाण्ड र पुरोहित कार्यलाई त्यसरी नै निरन्तरता दिर्दै आउनु भएको छ भनी कान्छा छोरा डिल्ली प्रसाद सापकोटाको भनाई रहेको छ । घरपरिवारको यस कर्मकाण्ड गर्न निरन्तर माया, ममता र सद्भाव भई सहयोग भईरहेको हुनाले बुबाले अझ यो उमेरसम्ममा पनी कर्मकाण्डलाई चाख दिएको हुन सक्छ भनी कान्छा छोरा सापकोटाको भनाई रहेको छ ।

अहिलेसम्म मैले काम गर्न सक्छु त्यसैले पहिलेदेखि गर्दै आएको काम किन छोड्ने .....

यस बारेमा बरिष्ठ कर्मकाण्ड गुरु टिकाप्रसाद सापकोटाज्यूसँग जिज्ञासा राख्दा उहाँ हाँस्र्दै भन्नु हुन्छ । अहिलेसम्म मैले काम गर्न सक्छु त्यसैले पहिलेदेखि गर्दै आएको काम किन छोड्ने भनेर गरिरहेको बताउनु हुन्छ । यसमा दोलखाली नेवार समूदायका सदस्यहरुको माया, ममता र सद्भावले अझ यो कार्य गर्न उत्प्रेरणा मिलिरहेको बताउनु भयो । यसै गरी कर्मकाण्डका कार्य लगायत अन्य कार्यहरु आफुले जिउले गर्न सकुन्जेल गर्ने बताउनु हुन्छ ।

११ बर्षको उमेरदेखि दोलखाका नेवार समूदायसंग भावनात्मक सम्वन्ध गाँसिएको कारणले आफुले दोलखाको नेवार जातीको मातृभाषा नेवारी भाषा आफुले पनी बोल्र्दै आएकोमा गर्भ गर्नु हुन्छ । यसरी सानै उमेरदेखि दोलखा अनी दोलखावासीसँग सम्वन्ध भएकोले दोलखाको हरेक चाडपर्व, जात्रामात्रा र कर्मकाण्डहरुमा आफ्नो सहभागीता निरन्तर भईरहेको स्मरण गर्नु हुर्दै खुसी व्यक्त गर्नु हुन्छ ।

वास्तवमा भन्ने नै हो भने दोलखामा कुनै पनी कर्मकाण्डका कार्यदेखि अन्य कार्यहरु गर्नु प¥यौ भने त्यतीबेला समय गएको पत्ता नै नहुने पनी उहाँको भनाई रहेको छ । यसमाथी स–साना बालबालिकादेखि ठु–ठुल्ला उमेरका दोलखावासीको माया, ममता र सद्भाव मुल कुराले उहाँलाई हर्षित तुल्याएकोे बताउनु हुन्छ ।

यसै गरी आफु भ्याउञ्जेल आफु काममा जाने र आफु जान नभ्याउने बेलामा छोरा काशिनाथ सापकोटा जाने गरेको बताउनु हुन्छ । तर दोलखा भीमेश्वरमा हुने गरेको नित्य पूजा र रुद्री पूजाको लागि जेठा छोरा काशिनाथ सापकोटा र नाती प्रदिप सापकोटा जानेको गरेको समेत उहाँको भनाई रहेको छ ।

अहिलेसम्ममा कर्मकाण्डका दाता बरिष्ठ पुृरोहित टिका प्रसाद सापकोटाको छोरा बुहारी, नाती नातीनी, छोरी तर्फ नाती नातीहरु गरी परिवार भित्र ४८ जना छन्

अहिलेसम्ममा कर्मकाण्डका दाता बरिष्ठ पुृरोहित टिका प्रसाद सापकोटाको छोरा बुहारी, नाती नातीनी, छोरी तर्फ नाती नातीहरु गरी परिवार भित्र ४८ जना सदस्यहरु रहेको बताउनु हुन्छ । जसमा नाती नातीहरु १४ जना रहेको छ भने पनातीहरु ८ जना बाहेक अरु छोराबुहारी र परिवारका अन्य सदस्य रहेको बताउनु भयो ।

कर्मकाण्डका दाता बरिष्ठ पुरोहित टिका प्रसाद सापकोटाज्यूको धर्मपत्नी वि.सं. २०७९ साल भाद्र १३ गते दिवंगत हुनु भई सदाका लागि विदा लिएर गएकोमा उहाँ दुःख व्यक्त गर्नु हुन्छ । साथै आफ्नो दिवंगत श्रीमतीको आत्माको शान्तीको कामना गर्नु हुन्छ ।

अन्तमा बाँपीझ्याला डटकमले आफ्नो बच्चादेखि अहिले ९१ बर्ष सम्मको व्यक्तिगत र पारिवारीक विवरण नेपाली जनता समक्ष पू¥याउन सहयोग पू¥याएकोमा आभार व्यक्त गर्नु हुर्दै आगामी दिनमा यस अनलाईन पत्रीकाबाट सिङ्गो दोलखा जिल्ला अनी राष्ट्रको बारेमा पहिचान दिने खालका समाचार सम्प्रेषण गर्न सक्षम होस् भनी शुभकामना व्यक्त गर्नु हुन्छ ।

अन्तमा यस स्तम्भ कस्तो लाग्यो ? सुझावको अपेक्षा लिएका छौं : सम्पादक

https://youtu.be/H8Qc72Idzxk

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार