Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

साउन मेहन्दी र सौन्दर्य !

साउन मेहन्दी र सौन्दर्य !

बालकृष्ण श्रेष्ठ “पासा”
साउन महिना लाग्न थालेपछि नेपाली महिलाहरूमा हरियो रङ्गको चर्चा परिचर्चा हुन थाल्छ । त्यसै त यतिबेला प्रकृति नै हरियाली हुन्छ । वातावरण नै बसन्तमय बनेको हुन्छ । त्यसमाथि अधिकांश नारीहरूले हरियो चुरा, पोते, टीका, साडी, चोलो लगाएर हिँड्दा धरातल नै सदाबहार देखिन्छ । तर पनि नेपालको विकासमा सँधैभरी खडेरी लागेको छ । नेपालमा उद्योग गर्न सकिने थुप्रै मार्गहरू छन् । तर राजनीतिज्ञहरूको नजरमा देशको विकासमा भन्दा बढी व्यक्ति विकासमा गएकोले नेपालमा उन्नतिले हरियाली छाउन सकेको छैन ।

हामी नेपाली जनमानसमा वस्तुगत अध्ययन गर्ने बानी कमैलाई मात्र होला, यस अर्थमा हामीले आफ्नै हातमा दियो बोकेर उज्यालो खोज्दै नक्कली सामानलाई पैसा खर्चिन अलिकति पनि हिचिकचाउँदैनौ । झन् घरदैलोमै आएर परदेशीले केही सामान बेच्न ल्याएमा रत्तिभर अल्छी नमानीकन किन्न तैयार हुन्छौँ, जुन सामानको वास्तविक रूपरेखा के हो, गुणस्तरीय हो कि होइन, समय अवधि नाघेको हो या होइन त्यसलाई वास्ता नै गर्दैनौं ।

नेपाली धरातलमा त्यस्ता अमूल्य जडीबुटीहरू असंख्य छ, जसलाई गुणात्मक हिसाबले पनि वर्णन गर्न सक्दैनौ । वनजङ्गल नै ढाक्नेगरी वनमारालाई सराप्दै उखेलेर फ्याँकि दिन्छौँ, तर त्यसको उपयोगिताको मूल्यांकन गर्दैनौं । तर त्यही वनमाराले घाँस, दाउरा र मलको साथै औषधीको पनि काम गर्छ, । शरीरमा लागेको घाउमा यसको झोल सर्वोत्तम औषधी हो । सायद नेपालमा त्यस्तो प्रशोधनशालाको व्यवस्था गर्न सके यस्ता धेरै भन्दा धेरै वनस्पतिलाई सदुपयोग गर्न सकिन्थ्यो ।

नेपालको पहाडी भूभागमा रहेको हेर्दा सामान्य लाग्ने रुख, बिरुवा, घाँसहरुले नेपाललाई सम्पन्न बनाउन सक्छ तर यहाँ प्रविधिको खाँचो छ । जनशक्ति को पनि अभाव छ । विदेशी १ डलरले नेपाली ११० रूपैयाँको सपनामा केही केही युवा व्यक्तिहरू आफ्नो सक्षमता र दक्षतालाई थाति राखेर विदेशीने गर्दा जानेका प्रविधि समेत ह्रास हुँदै गएको छ भन्दा फरक नपर्ला ।

वर्षेनी माध्यमिक तह पार गरे उच्च हुँदै मास्टर स्तरसम्म अध्ययन गरेर धेरै ज्ञान हासिल गर्छन् । शुरुआतमा विभिन्न विषयमा उच्च शिक्षा हासिल गरेर नेपाल भित्रै बसेर गाउँठाउँको विकास गर्ने, प्राविधिज्ञ बनेर नेपालमै केही गर्ने अभिलाषाका साथ अध्ययन गरेर अझ स्तरीय शिक्षा प्राप्त गर्न विदेसिन्छन् तर फर्केर आउँदैनन् अनि कसरी हुने त नेपालको विकास ?
यही प्रसङ्गमा आज यहाँ मेहन्दीको बारेमा संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको हो ।

मेहन्दीको बारेमा भन्नुपर्दा :
सायद कमै मान्छेलाई मात्र मेहन्दीको वास्तविकता थाहा होला । हिजोआज आकर्षण देखिने र देखाउने प्रतिस्पर्धाले मौलिकतालाई ओझेलमा पार्दै आएको छ हरेक क्षेत्रमा । त्यसमध्ये यो मेहन्दी लगाउने चलनलाई समेत अछूतो राखेको छैन । तर केही व्यक्तिहरूले यो मेहन्दीलाई शरीरको बाह्य अङ्गलाई सजाउने सृङ्गारको तत्वको रूपमा लिएका छन् भने केहीले यसलाई अनावश्यक समय बिताउने साधनको हिसाबले व्याख्या गरेको पाइन्छ ।

मेहन्दीको शुरुआत भारतीय प्रान्तबाट नेपाल भित्रिएको हो भनेर कतै कतै किर्ते व्याख्या गरेको देखिन्छ । होला धेरै शताब्दीपछि जंगली जडीबुटीयुक्त बोट बिरुवालाई प्रशोधन गरेर रासायनिक तत्वहरू मिश्रण गरेर बनाएपछि भारतबाटै नेपाल भित्रिएको भन्ने कुरालाई नकार्न सकिन्न । तर वास्तवमा यो मेहन्दी ीबधकयलष्ब ष्लभचmयष्क नामको वनस्पति हो ।

मेहन्दी एक प्रकारको वनस्पति बिरुवा हो । यसलाई नेपाली भाषामा स्पष्ट नामाकरण नगरिएको भएपनि हिन्दी भाषाबाटै सापटी लिएर नै ‘हिन्ना’ भन्ने गरिएको पाईन्छ । हाल यही वनस्पतिलाई प्रशोधन गरेर रासायनिक पदार्थ समिश्रण गरेर व्यापारीकरण गरिंदैछ ।

यो वनस्पति बोट खासगरी ग्रीस देशबाट उत्पादन गरिएको भन्ने बारे वनस्पति विज्ञानमा उल्लेख गरिएको छ । यसलाई ग्रीसको राजधानी एथेन्समा १६ औँ शताब्दी भन्दा पन िपहिल्यै प्रचलनमा ल्याइएको हो । त्यतिबेलाका महारानी, राजकुमारीहरूको शारीरिक सौन्दर्य बढाउन र शरीरलाई ताजगी बनाउन यसको प्रयोग गरिएको बताइन्छ । यो वनस्पतिको मूल विशेषता नै शरीरका अङ्गका छालालाई नरम कोमल बनाएर रक्त सञ्चारमा सहजीकरण र्गने हो ।

मेहन्दीको यो लोकप्रियले नै मानवले ‘ट््याटु’ खोपेर कहिल्यै नमेटिने चिन्ह बनाउने गरेको पनि सो विज्ञानमा बताइएको छ । यसको मतलब ट््याटु बनाइने धातुमा यो वनस्पतिलाई मिश्रण गरिएको हुन्छ । तर आधुनिक प्रणालीले यस वनस्पतिलाई ओझेलमा पारेको देखिन्छ ।

मेहन्दीकै प्रसङ्गमा नेपालमा पनि त्यस्तो हुबुहु वनस्पति नभए पनि मध्य उष्ण प्रदेश र उपत्यकाको हावापानीमा भिझिने खालको बोट पाइन्छ । जुन ससाना लाम्चा पात भएको साना राताराता गेडा फल्ने बोट हुन्छ । जसलाई नेपालीमा ‘तैरिणी’ वा ‘मेन्धी’ भन्ने गरेको पाइन्छ । त्यसको पातलाई पिसेर बाक्लो लेदो बनाएर लाउने गरिन्छ जसलाई उपत्यकाका नेवार समुदायले ‘लइँचा घायँ’ भन्ने गर्छन् भने दोलखाको नेपाल भाषामा ‘अलर घाँस (स्वन)’ भन्ने गरिन्छ ।

यो वनस्पति हाम्रै करेसाबारी या गमलामा पनि उमार्न सकिन्छ । शारीरिक सौन्दर्य सजाउन मात्र नभएर माथि भनिए जस्तै छालालाई कोमल र चम्किलो बनाउन यसले मद्दत गर्दछ । छाला चिलाउने रोगका लागि यो अति नै अमूल्य दबाइ हो ।
पहिले पहिले नेवार समुदायमा चल्ने रीत अनुसार हजामले कुनैपनि पितृकार्य वा देवदेवीको पूजा अर्चना या बिहे व्रतबन्ध गर्दा खुट्टाको नङ काटेर सफाइ गरेर औँलाको टुप्पाहरूमा गुलाबी, रातो रङ्ग लगाउने चलन गर्दथे । यो कार्य दोलखामा पनि प्रचलित थियो ।

त्यतिबेला प्रयोग गरिने रङ्ग यही वनस्पतिबाट नै गरिन्थ्यो । जसलाई स्थानीय भाषामा ‘अलर छिइरि’ (अलर लगाउने) भनिन्थ्यो । यसलाई उपत्यकाका नेवार समुदायले ‘खलः तयेगु वा छियेगु’ भन्थे । हिजोआज यो चलन प्रायः लोप भैसक्ने अवस्थामा छ ।

यो मेहन्दी, तैरिणी, मेन्धी या हिन्ना जे भने पनि अत्यन्तै उपयोगी वनस्पति हो । फुस्रो दाग, खत आदिमा यसलाई सुकाएर, पिसेर पोतेर ३–४ घण्टा सम्म राखेर सुकाएमा सो घाउ या खत हराएर जान्छ । यस्तै धेरै धेरै उपयोगिता मेहन्दीबाट उपलब्ध हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार