
बाँपीझ्याला, काठमाण्डौं । सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक र मोनिका थापाको मुख्य भूमिका रहेको फिल्म ‘जुलेबी’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । लकडाउनका समयमा जोडिएका चार महिला पात्रको कथा भन्ने फिल्मले भदौ १ लाई प्रदर्शन मिति छनौट गरेको हो ।
निर्माण टिम र वितरण कम्पनी डिसीएनबीच आइतबार प्रदर्शनको सम्झौता भएको हो । यसै गरी चलचित्रको डिजिटल राइट्स पनी बिक्री गरिएको छ । डिएआर मुभिजले ‘जुलेबी’ को डिजिटल राइट्स खरिद गरेको छ । डिएआर मुभिजका श्याम धिताल र चलचित्रका कार्यकारी निर्माता नवीन भट्ट बीच डिजिटल अधिकारको सम्झौता सम्पन्न भएको थियो ।

चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको पनि अभिनय रहेको छ । चलचित्रले तीन घन्टाको समयावधिमा घट्ने तीन घटनालाई चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिए । उनले यी कथा प्रेमको वरिपरि रहेर बुनिएको भट्टले जानकारी गराए ।
फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । यसअघि उनले ‘मञ्जरी’, ‘गाजा बाजा’ फिल्मको निर्देशन गरेका थिए । चलचित्रमा विवेक खड्काको छायांकन र अन्जय खड्काको सम्पादन रहेको छ । चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij