Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

चलचित्र ‘बगान’ निर्माण समूहले एकल आमालाई निःशुल्क चलचित्र देखाइने घोषणा

चलचित्र ‘बगान’ निर्माण समूहले एकल आमालाई निःशुल्क चलचित्र देखाइने घोषणा

बाँपीझ्याला, काठमाण्डौं । चलचित्र ‘बगान’ निर्माण समूहले एकल आमालाई निःशुल्करुपमा चलचित्र देखाइने घोषणा गरेको छ । एकल आमाको कथालाई प्रस्तुत गरिएको चलचित्रका निर्देशक सरोज खनालले विवरण खुल्ने कागजात देखाएर देशभर नै निःशुल्क चलचित्र हेर्न सकिने जानकारी दिए ।

‘हामीले प्रतिनिधि आमालाई सम्मान गरेका हौँ । उहाँहरूले समाजसँग लडेर सन्तानलाई सफल बनाउनु भएको योग्दानलाई चलचित्रमार्फतसमेत बुझाउदै छौँ’, निर्देशक खनालले भने, ‘उहाँहरूले परिचय खुल्ने विवरण पेश गरेर देशभरका चलचित्र भवनमा निःशुल्क चलचित्र हेर्न पाउनु हुनेछ ।’

अभिनेत्री मानन्धरले उक्त सङ्घर्षलाई नजिकबाट महसुश गरेको बताइन् । ‘मलाई एकल आमाले नै हुर्काउनुभयो । उहाँको संघर्ष र दायित्वलाई बुझेकी छु । साचै तीभन्दा माहान योद्धा अन्य छैनन्’, अभिनेत्री मानन्धरले भनिन् ।

चलचित्र ‘बगान’लाई सुरेश वाग्लेले निर्माण गर्नुभएको हो भने यसमा मिथिला शर्मा, नीर शाह, प्रमिला कार्कीलगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार