२१ असार, बाँपीझ्याला, काठमाण्डौँ । छापावाला सुनको भाउमा लगातार वृद्धि भएको छ । आज छापावाला सुनको भाउ १ लाख १० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बुधबार छापावाला सुनको भाउ १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउमा लगातार ३ दिन वृद्धि भएको हो । मंगलबार ४ सय रुपैयाँले बढेको सुनको भाउ बुधबार २ सय रुपैयाँले बढेको थियो ।
आज पनि सुन १ सय रुपैयाँले बढेको हो । यसैबिच आज तेजावी सुनको भाउ १ लाख १० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुनको भाउ १ लाख १० हजार ५० रुपैयाँ निर्धारण गरिएको थियो ।
यता हिजोको तुलनामा आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार १९१७ दशमलव ८७ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ डलरमा कारोबार भइरहेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij