बाँपीझ्याला, काठमाण्डौं, मुम्बई । चलचित्र ‘आदिपुरुष’ ले पहिलो दिन विश्वभर १४० करोड भारतीय रुपैयाँ कमाएको छ । चलचित्र निर्माताले शनिबार सो जानकारी दिएको हो ।
समाचार एजेन्सी पीटीआईका अनुसार, निर्माण कम्पनी टी-सिरीजले आदिपुरुष हिन्दीमा बनेको कुनै पनि फिल्मको तुलनामा देशमा पहिलो दिनमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको बताएको छ।
यस फिल्ममा प्रभासले राघवको भूमिका, कृति सेननले जानकी र सैफ अली खानले लंकेशको भूमिका निभाएका छन् । यो फिल्म हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा ६ हजारभन्दा बढी स्क्रिनमा रिलिज भइसकेको छ ।
हिन्दी फिल्म ‘आदिपुरुष’ का कैयौँ संवादलाई लिएर सामाजिक सञ्जालमा विवाद चर्किएको छ भने सीताको चरित्रसँग जोडिएको एक संवादले नेपालमा विवाद सिर्जना भएको छ । यस फिल्ममा सीतालाई ‘भारतकी छोरी’ भनिएको छ । नेपालको राजधानी काठमाडौंका मेयरले यो संवादमा आपत्ति जनाएका छन् । बलेन्द्र शाह ‘बलेन’ले फिल्मकर्मीहरुलाई यो संवाद आफ्नो फिल्मबाट हटाउन आग्रह गरेका छन् । यो फिल्म बनाउन ५ सय करोड रुपैयाँ खर्च भएको बताइएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij